जीतपुरसिमरा गोल्डकप : साविक विजेतालाई उच्छिन्दै सिराहा फाईल प्रवेश

    • चैत २६, २०८०
    • ४११ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    सुरुचि भण्डारी

    बारा, २६ चैत। साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । 

    आइतबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभीजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता ग¥यो। खेलको १४ औं मिनटमा सिराहाका लागि आशिष चापाँगाईले गोल गर्दै अग्रता दिलाएका थिए। 

    पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहा विरुद्ध चर्च व्वाईजले खेलको ५१ औं मिनटमा बराबरी गोल ग¥यो । चर्च व्वाईजका राजेश परियारले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएपनि केहिबेरमै आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः २–१ गोल अन्तरले पछाडी प¥यो। चर्च ब्वाईजका डिफेण्डर एकराज बुढाथोकीले बल क्लिएर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो । खेलको ६३ औं मिनटमा आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः पछि परेको थियो।

    अनुभवी खेलाडीले भरिएको चर्च व्वाईजले पनि आत्मघाती गोलको फाईदा लिंदै बराबरी  ग¥यो। खेलको ७३ औं मिनटमा सिराहाका कप्तान कुलदिप कार्कीले गोल लाईनबाट क्लिएर गर्न खोजेको बल गोलमा परिणत हुँदा चर्च व्वाईज खेलमा फर्किएको थियो। खेलको अन्तिम समयमा बराबरी गोल भएपछि चर्च व्वाईजको समर्थनमा रहेका दर्शकको हुटिङ स्मरणीय थियो। 

    अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुबै टिमले आक्रामक खेल खेलेका थिए। तर इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिराहाले चर्च व्वाईजलाई स्तब्ध बनायो। सिराहाका लागि शिशिर लेखीले दोश्रो हाफको ५ मिनटको इन्जुरी समयको अन्तिम मिनटमा गोल गरेका थिए । केहि सेकेण्ड बाँकी छँदा गोल भएपछि सिराहाका प्रशिक्षक राजिवकुमार यादब उत्साहित हुँदै मैदान भित्रै प्रवेश गरेका थिए । 

    खेलको म्यान अफ दि म्याच सिराहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे। शुभारम्भ कलेज अफ म्यानेज्मेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका थिए। 

    प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र मकवानपुर ११ हेटौंडा बिच खेल हुनेछ। 

    siraha punarshthapana

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल