सातौं गोलबाजर मेयर गोल्डकपको उपाधी झापालाई

    • चैत्र २२, २०८०
    • ३६३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २२ चैत। सातौं गोलबाजर मेयर गोल्डकप २०८० को उपाधी चात्या सा फूटबल क्लव, झापाले उचालेको छ। गुरुधाम फूटबल क्लव, सिरहा र चात्या सा फूटबल क्लव, झापा बीच भएको फाईनल खेलमा १ को विरुद्ध ४ गोल गर्दै झापा उपाधी हातपार्न सफल भएको हो।

    चात्या सा फूटबल क्लव, झापाको लागि जर्सी नम्वर ११ का खेलाडी जय गुरु, जर्सी नम्वर ८ का पारश कार्की, ३ का रोशन धिमाल र जर्सी नम्वर ९ का शिशिर लेखीले १–१ गोल गरेर जित हात पारेको आयोजकले बताएको छ।

    प्रतियोगितामा प्रथम भएका टिम झालाले तीन लाख ५१ हजारद सहित ट्रफि प्राप्त गरेका छन्। प्रथम हुने टिमलाई पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले प्रदान गरे।

    प्रतियोगितामा दोस्रो हुने टिम गुरुधामले दुई लाख एक हजार नगदसहित ट्रफि प्राप्त गरे। फाईनल खेलमा गुरुधाम फुटबल कल्व, सिरहाका तर्फबाट जर्सी नम्वर १५ का खेलाडी यनीले १ गोलमात्र गरे।

    आजको खेलको म्यान अफ दी म्याज भापाका पारश कार्की घोषित भए।

    प्रतियोगिता, अवधिभरका वेष्ट गोलकिपर झापाका अनिश लिम्बु, वेष्ट डिफेन्डर ४ नम्वर जर्सीका खेलाडी गौरब श्रेष्ठ, मिड फिल्डर ९ नम्वर जर्सीका शिशिर लेखि र फरवार्ड जर्सी नम्वर ११ का खेलाडी जय गुरुङ्ग घोषित भएको आयोजकले जनाएको छ।

    प्रतियोगिता अवधिभरका सर्वोत्कृष्ट खेलाडी गुरुधामका कुलदीप कार्की घोषित भए भने, सवैभन्दा धेरै गोलकर्ता यानि घेषित भए।

    प्रतियोगितामा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ, उपप्रमुख मानती साह लगायतका उपस्थिति रहेको थियो।

    88da80c1-21d1-46e9-9092-f1bf4bbb65dd

    ‘दरिद्र भयो स्कूल !’ ...

    चन्द्रकिशोर झा माघको अन्तिम सातातिर रौतहटको दुर्गा ...

    सप्तरीका अग्नी पीडित ...

    लहान, २३ बैशाख। सप्तरीको महदेवा १, चिम्टिको आगलागी पीडि ...

    जसपाबाट अलगिएर अशोक ...

    काठमाडौं, २३ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालबा ...

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल