सातौं गोलबाजर मेयर गोल्डकपको फाइनलमा सिरहा र झापा भिड्दै

    • चैत्र २०, २०८०
    • २४२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २० चैत। सातौं गोलबाजर मेयर गोल्डकप २०८० को फाइनलमा गुरुधाम फूट बल क्लव, सिरहा र चात्या सा फूटबल क्लव, झापा बीच भिडन्त हुने भएको छ।

    गुरुधाम फुटबल कल्व, सिरहा र मुनाल फुटवल कल्व, बिराटनगर बिच मंगलबार भएको सेमी फाईनल खेलमा १ को विरुछ ५ गोल गर्दै गुरुधाम फाईन प्रवेश गरेको हो।

    गुरुधाम फुटबल कल्वका तर्फबाट जर्सी नम्वर १५ का खेलाडी यनीले २, ७ नम्वर जर्सीका खेलाडी फोडे फूफानोले २ गोल गरेका थिए भने, जर्सी नम्वर १७ का खेलाडी अनिल खड्का १ गोल गरेको फूटवल संघका जिल्ला सदस्य दिनेश श्रेष्ठले जानकारी दिए।

    आजको खेलको म्यान अफ द म्याच उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै कुलदिप कार्की घोषित भएका छन्। उनलाई वडा नम्वर २ का वडा अध्यक्ष सुकदेव सिंहले नगद सहित प्रशंसापत्र प्रदान गरे।

    मुनाल फुटबल कल्ब, बिराटनगरका तर्फबाट भने जर्सी नम्वर १० का खेलाडी भुवन बस्नेतले मात्र १ गोल गरे।

    भोलि बुधबारको भने एक दिवसिय मैत्रीपूर्ण महिला फूटवल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ। एक दिवसिय मैत्रीपूर्ण महिला फूटवल प्रतियोगितामा रौतहट महिला फुटबल कल्व र सर्लाही फुटबल कल्व एकेडेमी, बीच हुने छ।

    प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख ५१ हजार र दोस्रो हुने टिमले दुई लाख एक हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन्।

    प्रतियोगिताको फाईनल खेल २२ गते हुने आयोजकले जनाएको छ।

    GBR020 siraha punarshthapana

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    दक्षिणी चीनमा राजमार ...

      काठमाडौं, १९ बैशाख। दक्षिणी चीनको ग्वाङडोङ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल