मधेशलाई पर्यटन हवकोरुपमा विकास गर्न पर्यटकीय गनतव्यहरुको खोजि गर्छौ : अध्यक्ष गौतम

    • चैत्र १९, २०८०
    • १९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    बिशाल बस्नेत

    महोत्तरी, १९ चैत। होटल तथा पर्यटन व्यवसायी संघ मधेश परदेशको दोश्रो अधिबेशनबाट हिरा गौतम पुन: निर्वाचित भएका छन्।

    आईतवार भएको परदेश अधिबेशनबाट गौतम दोश्रो कार्याकालको लागि सर्वसम्मत निर्वाचित भएका हुन्।

    होटल तथा पर्यटन व्यवसायको क्षेत्रमा गौतमले पुर्र्याएको योगदानको कदर गर्दै व्यवसायीहरुको नै माग बमोजिम दोश्रो अधिबेशनले समेत गौतमलाई नै निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ।

    अध्यक्ष बाहेक अन्य पदहरुमा भने धेरैजसो  नया अनुहार निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा बिष्णु कुमार साह, उपाध्यक्षमा सुरेन्द्र कुमार भण्डारी, माहासचिवमा बैकुण्ठ सापकोटा, कोषाध्यक्षमा दाना वहादुर थापा, सचिवमा तवारेज आलम, स-सचिवमा शिवराम राउत र स-कोषाध्यक्ष गोबिन्द गहतराज निर्वाचित भएको होटल तथा पर्यटन व्यवसायी संघ मधेश परदेशले जनाएको छ।

    त्यस्तै सदस्यहरुमा अन्जु न्यौपाने, कल्याणी गौतम, ई. रामचन्द्र साह, अरविन्द्र कुमार चौधरी, बिद्यालाल प्रसाद र मुकेश कुमार प्रजापति निर्वाचित भएका छन्।

    होटल हवकोरुपमा विकास हुदैँ गएको मधेशमा पर्यटन विकासलाई जोड दिनुपर्ने वताउदै नवनिर्वाचित अध्यक्ष हिरा गौतमले अघिल्लो कार्याकालमा वाकी रहेका अधुरा कामहरुलाई पूर्णता दिने र पर्यटन विकासको नया गनतब्यको खोजी गरिने प्रतिबद्दता जनाएका छन्।

    चारतारे होटलसम्म खुलिसकेको मधेशमा प्रत्येक जिल्लाहरुमा पर्यटकीय सम्भावनाहरुको खोजी गरेर मधेशलाई धार्मिक, सांस्कृतिक र पुरातोत्विक पर्यटनको विकासमा जोड दिने अध्यक्ष गौतमको भनाई छ।

    गौतम आफै पनि मधेशको चर्चित होटल होटल गौतमको संचालक हुन्। होटलबाट नै सफल व्यवसायीको पहिचान वनाएका गौतमले हालसालै धनुषाको लालगढमा समेत सुविधासम्पन्न होटल पारम्भ गरेका छन्।   

    434653429_3537486329895890_1711296420036092309_n.jpg

    न्युज कारखाना  

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल