सातौं गोलबजार मेयर गोल्डकप : चात्या सा स्पोर्टस क्लव झापा फाइनल प्रवेश

    • चैत्र १९, २०८०
    • २१७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १९ चैत। बागमती युवा क्लव सर्लाहीलाई पछिपार्दै चात्या सा स्पोर्टस क्लव झापा गोलबजार मेयर गोल्डकपको फईनल प्रवेश गरेको छ। गोलबजार २ गुरुधाम खेल ग्राममा सोमबार भएको सेमी फाईनल खेलमा बागमतीलाई सून्यको विरुद्ध एक गोल गर्दै चात्या सा स्पोर्टस क्लव झापा फाइनल प्रवेश गरेको हो।

    431988658_927314312468445_1201247399797513061_n

    खेलको ६१ औं मिनटमा पाएको पेनाल्टिलाई झापाका ११ नम्वर खेलाडी जय गुरुङ्गले गोलमा परिणत गरेका थिए। प्रतिस्पर्धा पूर्ण रहेको खेलमा सोही गोलले झापालाई फाईनल प्रवेश गराएको अखिल नेपाल फूटवल संघका जिल्ला सदस्य दिनेश श्रेष्ठले जानकारी दिए।

    आजको खेलमो म्यान अफ दी म्याज झापाका गोल किपर आईश गुरुङ्ग घोषित भए। उनलाई गोलबजार नगरपालिका १ का वडा अध्यक्ष देव वहादुर थापाले पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए।

    मंगलबारको खेल गुरुधाम फूटवल क्लव, सिरहा र मुनाल फूटवल क्लव विराटनगरबिच हुने आयोजकले जनाएको छ।

    प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख ५१ हरजार र दोस्रो हुने टिमले दुई लाख एक हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन्।

    प्रतियोगिताको फाईनल खेल २२ गते र एक दिन अघि २१ गते एक दिवसिय मैत्रीपूर्ण महिला पफूटवल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

    प्रत्यक खेलमा म्यान अफ दी म्याच घोषीत खेलाडीलाई तीन हजार नगद पुरस्कार प्रदान गरिदै आएको छ।

    god cup

    दक्षिणी चीनमा राजमार ...

      काठमाडौं, १९ बैशाख। दक्षिणी चीनको ग्वाङडोङ ...

    दलित विकास मञ्चको आय ...

    सिरहा, १९ बैशाख। सिरहाको मिर्चैयामा सञ्चालित पाँच दिवसी ...

    श्रमिक अधिकार कार्या ...

    काठमाडौं, १९ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल &lsquo ...

    राजनीतिक उद्यमीका सी ...

    सीके लाल अनौपचारिक छलफलको प्रमुख विष ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल