गोलबजार मेयर गोल्डकपः गुरुधाम फूटबल क्लव सेमिफाईलन प्रवेश

    • चैत्र १८, २०८०
    • १,२६४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १८ चैत। गुरुधाम फूटबल क्लव, गोलबजार २ सिरहा सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्रिय फूटवल प्रतियोगिताको सेमी फाईनल प्रवेश गरेको छ। भरत युपी बाराणसीका माँ कामाख्या स्पोर्टस क्लवलाई सून्यको विरुद्ध ८ गोलले पराजित गर्दै गुरुधाम सेमि फाईनल प्रवेश गरेको हो।

    431929864_398962442893978_2825939489630894445_n

    गुरुधाम क्लवका लागि सर्वाधिक गोल जार्सी नम्वर १५ का यनीले ५ गोल गरेका थिए। गुरुधामकै अर्का खेलाडी जर्सी नम्वर ७ का फोडे फूफानोले ३ गतेल गरेको आयोजकले जनाएको छ।

    आजको खेलमा गुरुधामको तर्फबाट सर्वाधिक गोल कर्ता जर्सी नम्वर ७ का यनी म्यान अफ दी म्याच घोषित भएका छन्।

    उनलाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले नगद तीन हजार सहित सम्मान प्रदान गरे।

    गोलबजार २ गुरुधाम खेल ग्राममा भईरहेको मेयर गोल्ड कपको पहिलो सेमि फाईनल खेल सोमबार बागमती युवा क्लव सर्लाही र चात्या सा स्पोर्टस क्लवबिच हुने छ। मंगलबारको खेल गुरुधाम फूटवल क्लव, सिरहा र मुनाल फूटवल क्लव विराटनगरबिच हुने आयोजकले जनाएको छ।

    प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख ५१ हरजार र दोस्रो हुने टिमले दुई लाख एक हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन्।
    प्रतियोगिताको फाईनल खेल २२ गते र एक दिन अघि २१ गते एक दिवसिय मैत्रीपूर्ण महिला पफूटवल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
    प्रत्यक खेलमा म्यान अफ दी म्याच घोषीत खेलाडीलाई तीन हजार नगर पुरस्कार प्रदान गरिने जनाएको छ।

    god cup

     

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    दक्षिणी चीनमा राजमार ...

      काठमाडौं, १९ बैशाख। दक्षिणी चीनको ग्वाङडोङ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल