काठमाडौं, १७ चैत। नेकपा माओवादीको प्रबासी संगठन नेपाली जन प्रगतिशिल मंच युरोपमा नयाँ नेत्रित्व चयन भएकोछ। हालै स्पेनको बार्सिलोनामा सम्पन्न मंचको पाचौ अधिबेशनले चित्र सुबेदीको अध्यक्षतामा ३९ सदस्यीय कार्य समिति चयन गरेको हो।
समितिको नव निर्वाचित महासचिबमा अस्ट्रियाका धर्मराज खतिवडा छन्, भने उपाध्यक्षमा गंगा भुषाल स्पेन , शेर सिंह ठकुरी बेलायत र कल्पना मगर बेल्जियम रहेकाछन्।
त्यसै गरी अर्जुन आचार्य स्पेन, हरिश्चन्द्र पोख्रेल पोर्तुगल र निर्मला बजगाई बेल्जियम रहेका छन्, भने कोषाध्यक्षमा डोलराज भण्डारी बेलायत र सहकोषाध्यक्षमा सुमन पौडेल फ्रान्स चयन भएकाछन्।
सदस्यहरुमा जसमान दर्नाल जिवन (जर्मनी) श्याम खनाल, केशर बहादुर थापा, राजेन्द्र सेढाई, काजी नेपाली, साबित्रा भारती,रुपक श्रेष्ठ, ठाइला किरात, पवन सुबेदी, होम ईश्वर रिजाल,प्रेम परीयार, राममाया बिक, महेश कुमार खाती, श्याम प्रसाद ढकाल, प्रेमचन्द्र भण्डारी, युबराज खनाल, बुद्ध लामा, लिली तमाङ , नारायण प्रशाद अधिकारी, डियस राणा, रबिन्द्र लिम्बु, दुर्वशा भण्डारी, सुशिला खत्री, माया तमाङ, मोहन केसी, बिष्णु रायमाझी , सरिता शर्मा र भिम सुबेदीलाई चयन गरेकोछ।
युरोपको इन्चार्जमा रण बहादुर खाती क्षेत्रीलाई चयन गरिएको छ। संगठनको नेत्रित्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा दाबी गरेका डेनमार्क निवासी नेता उदयराज गौतमले सुबेदीलाई समर्थन गरे पछि सर्बसम्मत नेत्रित्व चयन् गरेर अधिबेशन सम्पन भएकोछ।
निर्वाचन समिति संयोजकमा सुरेन्द्र नेपाल श्रेष्ठ सदस्यहरुमा लोक दाहाल र महेशकुमार खाती रहेका थिए।
महाधिवेशनको उद्धघाटन माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा भरतपुर महानगरअपालिका कि मेयर रेणु दाहाल तथा स्पेन स्थिति नेपाली राजदुतावास कि राजदुत डा। शर्मिला पराजुली ,माओवादी नेता राम कार्की, माओवादी केन्द्रिय सदस्य तथा युरोप इन्चार्ज ॐ शर्मा, माओवादी नेता सागर पोखरेल, अर्जुन पाठक,सुरेन्द्र भुसाल र डा। कृष्ण अर्याल लगायतले संयुक्त उद्घाटन गरेका थिए।
अधिबेशनको सफलताको लागि नेकपा माओवादीका अध्यक्ष एबम प्रधानमन्त्री पुष्पकमल दाहालले पठाउनु भएको शुभकामना पढेर सुनाइएको थियो।
उक्त अधिबेशनमा युरोपका २७ देशबाट एक सय ५० प्रतिनिधीले भाग लिएका थिए।



                    
                            
                                                            


        
        
        















