गोलबजार मेयर गोल्डकपकोे उद्घाटन खेलमा बागमती विजयी

    • चैत्र १५, २०८०
    • २०७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्रिय फूटवल प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा कल्ब सर्लाही विजयि भएका छन्। गोलबजार २ गागानखोला खेल ग्राममा विहिवार भएको फूट बल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लवलाई १ को विरुद्ध २ गोलले पछिपार्दै बागमति युवा क्लव विजयी भएको हो।

    बागमती युवा कल्बका लागि खेलमा मध्यान्तर अघिनै जर्सी नम्जर ८ का खेलाडी राजु लामा जर्सी नम्वर ११ का खेलाडी कपिल मगरले १÷१ गोल गरेका थिए।
    मध्यान्तर पछि गोलबजार स्पोर्टस क्लवका तर्फबाट जर्सी नम्वर २३ का खेलाडी सनम थापाले १ गोल फर्काए।

    आज सम्पन्न खेलको म्यान अफ दी म्याच बागमती युवा कल्बका जर्सी नम्वर ८ का खेलाडी राजु लामा घोषित भए।

    उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले खेलले व्यक्ति, स्थान र राष्ट्रको परिचयलाई फराकीलो बनाउन मदत पुग्ने बताए। पछिल्ला दिनहरुमा नेपाली खेलजतले पनि फड्को मार्दै गरेको भन्दै खेल र खेलाडीको विकासमा आफ्नो तर्फबाट सकेको सवै कार्यगर्न तयार रहेको बताए।

    उनले खेल ग्रामको विकास पछिल्लो वर्षबाट गति कमजोर भएको भन्दै अवको दिनमा यहाँको पूर्वाधार विकासमा पनि आफ्नो पहल कदमी रहने बताए। उनले भेन, ‘हाम्रै मेहनतले यसको खेलमैदान निर्माणको काम यहाँ सम्म आएको हो। पछिल्लो वर्षबाट खेलग्रामको विकाले गति लिन सकेको छैन। अवको दिनमा मेरो तर्फबाट थप पहल हुने छ।

    नगर प्रमुख श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गरेका थिए। स्वागत वडा नम्वर ६ का अध्यक्ष तथा नगर प्रवक्ता संजित लामाले गरेका थिए।

    कार्यक्रममा प्रमुख जिल्ला अधीकारी, विभिन्न सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।

    त्यसैगरी, भोली १६ गतेको खेल मुनाल फुटवल क्लव विराटनगर र बिरगञ्ज यूनाईटेट पर्साविच हुने छ।

    १७ गतेको खेल चात्या सा पुस्तकालय दमक झापा र मकमानपुर १ हेडौडा र १८ गतेको खेल माँ कामाख्या स्पोर्टस क्लव भारतको यूपी बनारसविच हुने जनाएको छ। १९ र २० गते ८ वटा टिमबाट विजयी भएकाहरुविच सेमीफाईनल खेल हुने छ।

    प्रतियोगिताको फाईनल खेल २२ गते र एक दिन अघि २१ गते एक दिवसिय मैत्रीपूर्ण महिला पफूटवल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

    प्रत्यक खेलमा म्यान अफ दी म्याच घोषीत खेलाडीलाई तीन हजार नगर पुरस्कार प्रदान गरिने जनाएको छ।

    GBR 2 GBR3 GBR 5

    god cup

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल