पाकिस्तानमा आत्माघाती हमला, पाँच चिनियाँ इन्जिनियरको मृत्यु

    • चैत्र १३, २०८०
    • १६८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    इस्लामबाद, १३ चैत। पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ।

    चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ।

    पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स ह्यान्डल मार्फत यस हमलाको जानकारी दिएका छन् । उनले खैबर पख्तुनख्वा प्रान्तको शाङ्ला जिल्लामा चिनियाँ नागरिक माथि आत्मघाती हमला भएको बताए। यो हमला बेशाम सहर नजिक भएको थियो, जसमा पाँच चिनियाँ नागरिक मारिएका थिए। उनका अनुसार मृत्यु हुने सबै चिनियाँ इन्जिनियर रहेको बताइएको छ । यो खबर पाकिस्तानका लागि निकै महत्वपूर्ण छ, किनभने पाकिस्तानलाई चीनको नजिकको मित्र मानिन्छ।

    चिनियाँ इन्जिनियरहरूको यात्रा इस्लामाबादबाट सुरु भएको बताइएको छ, जुन खैबर पख्तुनख्वा प्रान्तको दासु शिविर हुँदै गइरहेको थियो।

    यसै क्रममा आत्मघाती हमलाकारीले निशाना बनाएका थिए। हाल उक्त दुर्घटनामा कति जना घाइते भएका छन् भन्ने विवरण आउन सकेको छैन।

    सामाजिक सञ्जालमा भाइरल भइरहेका भिजुअलमा घटनास्थलमा जलेको कार देखिन्छ भने उपत्यकाबाट ठूलो धुवाँ निस्किरहेको देखिन्छ।

    न्यून कारखाना।

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल