नैतिकताको आधामा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने शान्ति समाजको माँग

    • चैत्र १२, २०८०
    • १८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १२ चैत। मानवअधिकार तथा शान्ति समाजले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने राजीनामा माग गरेको छ। समाजले सोमबार विज्ञप्ति जारी गर्दै सहकारी घोटाला प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शिघ्र निष्पक्ष तथा प्रभावकारी छानविन अघि बढाउन आग्रह गर्दै नैतिक रुपमा मार्ग प्रशस्त गर्न आग्रह गरेको हो।

    समाजले केही भ्रष्टाचार (घोटाला)प्रकरणमा अनुसन्धान भएता पनि सौदाबाजीका कारण मूल दोषीहरुले उन्मुक्ति पाउँदै आएको देखिएको उल्लेख गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका माथिल्लो तहका नेताहरु संलग्न सुन काण्ड त्यसको पछिल्लो उदाहरण भएको र लामिछानेले आफुतिर सोझिएको सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सौदावाजी गरेको धारणा आफुहरुको रहेको उल्लेख गरेको छ।

    यसैगरी समाजले नेपाली कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्य (समानुपातिक तर्फबाट सांसद समेत) माथि कुनै पनि प्रकारको छानविन नहोस भन्ने सौदावाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको उल्लेख गरेको छ।

    समाजका सभापति रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुशासन र सदाचार विपरित विभिन्न घोटालाका मूल दोषीहरुलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदावाजीको घिनलाग्दो राजनीतिको शान्ति समाज निन्दा गर्दछ।’

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल