काठमाडौँ, ११ चैत। नेकपा (एमाले) ले इलाम क्षेत्र नम्वर २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
सुवासको निधन भएपछि सो क्षेत्रमा हुनलागेको उपनिर्वाचनमा पार्टील नेम्बाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
यसैगरी, बझाङको प्रदेश १ माहुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ।


                    
                            
                                                            


        
        
        















