नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधीद्वारा ‘होलि मिलन’ कार्यक्रमको आयोजना

    • चैत्र १०, २०८०
    • ३०७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १० चैत। सिरहाको गोलबजार नगरपालिकाका नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित निवर्तमान तथा वर्तमान जनप्रतिनिधीहरुको आयोजना शनिबार ‘होलि मिलन २०८०’ कार्याक्रम सम्पन्न भएको छ।

    434199454_7069999633098816_4872380291259043930_n

    गोलबजारमा सम्पन्न होलि मिलन कार्यक्रममा पार्टीका स्थायिसमिति सदस्य विश्वनाथ साहले होलिको उमङ्गसँगै पार्टीभित्रका सवै असमझदारी दुरगर्दै पार्टीलाई नयाँ योजना सहित अगाडी बढाउनु पर्नेमा जोड दिए। उनले मधेशमा पार्टीभित्रकै विग्रहका कारण हार वेहोर्नु परेको बताउँदै सवैखालका असमझदारीलाई व्यवस्थापन गर्दै पार्टीलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताए।

    तराई मधेशमा होली पर्वको छुट्टै महत्व रहेको भन्दै पूर्व मन्त्रीसमेत रहेका साहले होलिले सवैमा नयाँ जोस, जागर र उमङ्ग भर्ने विश्वास व्यक्त गरे। सामाजमा रहेको मनोमालिन्यतालाई पखाल्ने र नयाँ ढङ्गले सम्वन्धहरु स्थापित गर्ने पर्वको रुपमा पनि स्थापीत यो पर्वले पार्टीपंतिमा देखिएका विमति, अविश्वास र असमझदारीलाई पनि नयाँ ढङ्गले हलगर्ने अवसरको रुपमा लिन अनुरोध गरे।

    सोही क्रममा पार्टीका केन्द्रिय सदस्य जगत यादवले आफूहरु जनताको नोकर भएकाले उनीहरुको जनताले दिएको आदेश पालना गर्ने बताए। होलिले सवैमा नयाँ जोस, जागर र पार्टीलाई नयाँ दिशा दिने सोच मिलोस भन्ने कामना गरे।

    शुकामना कार्यक्रममा नेता अजिरमान थापा, आदिवासी जनजाति महासंघका नेता तेजेन्द्र लामा, बुद्धिजिवी संगठनका प्रदिप कुमार साह, गोलबजार नगरपालिकाका पूर्व उपमेयर रेशम कुमारी थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य उमेश बरालले गरेका थिए।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल