प्रथम वडा अध्यक्ष कप कराटे प्रतियोगितामा गोलबजार मेन डोजो प्रथम

    • चैत्र १०, २०८०
    • ६५५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १० चैत। सिरहाको गोलबजारमा सम्पन्न प्रथम वडा अध्यक्ष कप कराटे प्रतियोगितामा गोलबजार मेन कराते डोजो प्रथम भएको छ।

    गोलबजार नगरपालिका वडा ३ को आयोजना तथा दलित महिला केन्द्र नेपालको सहयोग र जम्दह ३ कराते डोजोको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको ७ स्वर्ण पदक हात पार्दै गोलबजार मेन कराते डोजो प्रथम भएको हो।

    ६ स्वर्ण पदक जित्दै जम्दह ३ कराते डोजो गोलबजार दोस्रो र १ स्वर्ण पदक, १ रजत पदक जित्दै एसओएस कराते डोजो लहान तेस्रो भएको आयोजकले जनाएको छ।

    गोलबजार मेन डोजोका लागि पुरुष २५ केजी कुमितेमा बिबेक यादव, ४० केजीमा सुसान्त बल्मपाकि, ५० केजीमा साइमन आलेले स्वर्ण पदक जिते भने महिला तर्फ ३५ केजी कुमितेमा भावना बिक, ४५ केजीमा नम्रता सुनवार, ५५ केजीमा रितु मगर र ५५ केजी खुल्ला कुमिते समुहमा मोनिका मगरले स्वर्ण पदक हात पारे।

    दोस्रो हुने जम्दह ३ कराते डोजोका लागि पुरुष ३० केजीमा निशान्त योन्जन, ४५ केजीमा बिवेक सुनवार, ५५ केजी खुल्ला समुहमा अभि लामा, महिला तर्फ ३० केजीमा नेहा ठकुरी, ४० केजीमा निकिता थापा मगर र ५० केजी समुहमा सोनिया बानियाले स्वर्ण पदक जिते।

    तेस्रो हुने एसओएस कराते डोजो लहानका लागि पुरुष ३५ केजीमा चन्दन यादवले र चौथो हुने भिजन कराते डोजोका लागि अमन पासवानले स्वर्ण पदक जितेका थिए। बिजेता टिमलाई गोलबजार नगरप्रमुख श्याम श्रेष्ठ, दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामा, नेपाल कराते महासंघ, मधेस प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुर लगाएतले पुरस्कार हस्तान्तरण गरेका थिए।

    प्रतियोगिताको पुरुष तर्फ उत्कृष्ट खेलाडी बिबेक यादव र महिला तर्फ नितिका थापा मगर घोषित भएको आयोजकले जानकारी दिए।

    साथै पुरस्कार बितरण कार्यक्रममा सातौं दक्षिण एशियाली कराते प्रतियोगिता २०८० मा नेपालका लागि स्वर्ण पदक बिजेता खेलाडी पोर्सिया चौधरी थारुलाई गोलबजार नगरप्रमुख श्रेष्ठले नगद ११ हजार र दलित महिला केन्द्र नेपालका तर्फबाट नगद १० हजार नगदसहित सम्मान गरेको थारुका कराते प्रशिक्षक कसम कुमार लामाले जानकारी दिए।

    गोलबजार नगरपालिकाको नगर प्रमुख श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा दलित महिला केन्द्रका कार्यकारी निर्देशक तेजेन्द्र लामा, वडा अध्यक्ष धनप्रसाद लामा, करातेका गुरुहरु र स्थानीय खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

    417681070_7217132995034608_7172463581446993543_n 7d472c91-7b0b-4859-a6fb-36e1436ab0ea 418985408_7217133185034589_8708405697098185883_n

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल