जनकपुरधाम, १० चैत। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार मन्त्री परिषद् विस्तार गरेका छन्।

विस्तारित मन्त्री परिसदमा सत्ता समिकरण फेरिएपछि आएका नेकपा एमालेको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थपीएका हुन्।

नवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गरेका छन्। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा केशव रायले जिम्मेवारी पाएको मूख्य मन्त्रिको सञ्चार सचिवालयले जानकारी दिएको छ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएकोे छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गरे।

यससँगै मधेस प्रदेशको मन्त्रिपरिषद ११ मन्त्री र तीन राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ।

madhesh.jpg-3 (1)