‘प्रथम वडा अध्यक्ष कप’को उपाधी आयोजक वडा २ पोल्टामा

    • फाल्गुन ३०, २०८०
    • ३७५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ फागुन। गोलबजार नगरपालिका ‘प्रथम वडा अध्यक्ष कप’ फूटवल प्रतियोगिताको उपाधी आयोजक वडा २ ले हात पारेको छ। गोलबजार नगरपालिका २ एकीकृत खेल ग्राम गुरुधाममा वडा नम्वर १ र २ बिच भफएको फाईनल खेलमा ० को विरुद्द १ गोल गर्दै उपाधी उचालेको हो।

    आजको खेलको म्यान अफ दी म्याच वडा नम्वर २ का खेलाडी विनु आले मगर भए।

    प्रतियोगितको फाइनल खेलमा विजयी हुँदै प्रथम विजेता पडा नम्वर २ ले ५१ हजार र उप–विजेता उडा नम्वर १ ले ३१ हजार नगद पुरस्कार र कप प्राप्त गरेको आयोजकले जनाएको छ।

    खेल अवधिभरका बेष्ट किपर वडा नम्वर १ का विश्वजित ठकुरी र स्र्टाइकर किशोर बलम्पाकी घोषित भए।

    त्यसैगरी, वडा नम्वर २ का बेष्ट डिफेण्डर अर्जुन भारती, मिडफिल्डर सफल लामा, र अध्यधिक गोलकर्ता मिलन लामा घोषित भएका छन्। लामाले खेलअवधिभर जम्मा ८ गोल गरेका थिए।

    खेलअवधिभरका म्यान अफ दी सीरीज अमन लामा र उदियमान खेलाडीको रुपमा उपसल लामा घोषित भए।

    जिल्ला समन्वय समितिका उपाध्यक्ष दिलिप लामाको प्रमुख आतिथ्यमा सम्पन्न फाईल खेलमा गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ, उप प्रमुख मानती साह, प्रमुख प्रसाशकीय अधिकृत श्रीधर केसी, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्की, विभिन्न वडा अध्यक्षहरु, समाजका अगुवा तथा खेलप्रमीहरुको उपस्थिति रहेको थियो।

    गोलबजार वडा २ को आयोजना र गोलबजार नरपालिका संरक्षकत्वमा सम्पन्न प्रतियोगितामा पालिकाका १३ वटै वडाका टीम सहभागी भएको थियो।

    GBR2 GBR0002 GBR002

     

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल