घुससहित महोत्तरीबाट असई र हवल्दार अख्तियारको फन्दामा

    • फाल्गुन २८, २०८०
    • २०५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, २८ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले महोत्तरीको कान्तिबजारबाट दुईजना प्रहरीलाई घुससहित नियन्त्रणमा लिएको छ।

    प्रहरी चौकी, कान्तिबजार असई शर्मा प्रसाद यादव र बरिष्ठ हवल्दार मन्जित कुमार झालाई सेवाग्राहीसँग लिएको २० हजार घुस रकम सहित नियन्त्रणमा लिएको हो।

    जिल्ला अदालतले गरेको निर्णय कार्यान्वयन नगराउन छलफलगरी सहयोग गर्ने सर्तमा घुस रकम लिएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

    जरी विज्ञप्तिमा लेखिएको छ, ‘असई यादवले व्यक्तिले लिजमा लिइ भोगचलन गर्दै आएको जग्गामा खेतिपाति तथा व्यवसाय गर्न बाधा अवरोध पु¥याएको हुँदा बाधा अवरोध रोक्नको लागि महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त बाधा अवरोध रोकी विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पूर्जी दिएको सो जग्गा र जग्गामा भएको फलफुलहरू, खेतिपाति उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु÷नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसंग घुस माँग गरिरहेको भन्ने सूचना एवम् उजूरी निवेदनका आधारमा आयोगबाट खटिई गएको टोलिले दुवैजनालाई घुस रकम सहित नियन्त्रणमा लिएको हो।

    दुवैजनालाई आईतबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल