सिरहामा आफ्नै श्रीमतीको घाँटीरेटी हत्या, दुईदिनमा दुई महिला मारिए

    • फाल्गुन २७, २०८०
    • १,९४३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ फागुन। सिरहामा आफ्नै श्रीमानले एक महिलाको घाँस काट्ने हसियाले घाटी रेटी हत्या गरेको छ। सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिय निर्मला साहको घाटीरेटी हत्या गरेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयले श्रीमतीको हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार श्रीमानले हत्याको जिममा लिएपनि कारणभने अझै खुलाएको छैन।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।

    त्यैगरी, हिजो शनिबार सिरहाको गोलबजारमा होटल चलाए बसेका एक महिलाको हत्या भएको छ। गोलबजार नगरपालिका ६ का करिव ३५ वर्षिय अनिता कुमारी साहको धारीलो हतियार प्रयोगरी हत्या भएको छ।

    प्रहरीले अनिताको हत्या अभियोगमा उनकै श्रीमान ३५ वर्षिय महेन्द्र कुमार साहसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

    अन्य महिलासँग लहसिएको विषयमा श्रीमतीसँग पटक पटक विवाद हुँदै आएको स्थानीयले हत्या महेन्द्रले नै हत्या गरेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ।

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल