एलिना हिङमाङ

लहान, २६ फागुन। दलित जनकल्याण युवा क्लब लहानको आयोजनामा लहान ६ कुमाल टोलमा सरसफाइ आभियन संचालन गरिएको छ।

लहान नगरपालिका, स्थानीय समुदाय, सरसफाइकर्मी, जनप्रतिनिधिहरु सम्मीलित सरसफाई अभियान कुमालटोल स्थित सर्बजनिक सौचालयबाट सुरु भएर टोलको आसपाका क्षेत्रहरुमा सरसफाइ गरिएको हो।

सरसफाई कार्यक्रम पछी अभियानमा सहभागीहरुबीच आफ्नो कुरा राख्दै लहान ५ का वार्ड अध्यक्ष अब्दुल करिमले सरसफाइ हाम्रो आधारभुत अवस्यकता भएकोेले यस प्रति सबैले धयन दिनु जरुरी रहेको बताए। सोही क्रममा ४ नम्वरका वार्ड अध्यक्ष राम नाथ पण्डितले सरसफाइमा धयान नदिने मानिस पशु समान रहेको बताए।

त्यसरी, लहान सरसफाइ शाखा इन्चार्ज राहुल पासमानले आ–आपनो घरबाट निस्केको पÞmोहोरलाई बोरामा जम्मा गरेर राख्नु र नगर पालिकाको फोहर बोक्ने गाडी आएपछि गाडीमा हालिदिन आग्रह गरे।

कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक बिनोद कुमार बिशुन्के, वाटर एड नेपाल, लहानका सोसल मेनेजर शम्भु प्रसाद साह लगायत स्थानीय अगुवाहरुको सहभागीता रहेको थियो।