गोलबजार ३ ले महिला स्वास्थ्य स्वयंसेविकालाई दिए साईकल

    • फाल्गुन २५, २०८०
    • ७२४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा,२५ फागुन। गोलबजार नगरपालिका वडा नम्वर ३ ले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल प्रदान गरेको छ।

    ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवर पारेर स्वयम्सेवी रुपमा काम गरिरहेका वडाका ९ जना स्वयम्सेविकाहरुलाई लाईकल प्रदान गरिएको हो।

    जनताको स्वास्थ्य सेवा सन्देश सम्वाहकको रुपमा स्वयंसेवी रुपमा कार्यगरिरहेको महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई कामगर्न सजिलो र समयको बचत होस् भन्ने उदेश्यसहित साइकल प्रदान गरिएको वडा अध्यक्ष धनप्रसाद लामाले बताए। उनले भने, ‘स्वयंसेवीकाहरुले जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भएपनि राज्यले महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई आवश्यक पारिश्रमिक दिन सकेको छैन। उहाँहरुले उचित परिश्रमिक पाउनु पर्छ। त्यसको लागि मैले आवाज उठाउँदै पनि आएको छु। तर, मैलै तत्काल यो काम गर्न सक्ने भएकोले साइकल प्रदान गरेको हुँ।’

    साइलक हस्तान्तरण कार्यक्रममा नगर स्वास्थ्य शाखाका सह–संयोजक पवन पंजियारले वडाले महिला स्वास्थ्य स्वयंसेवीकालाई साइल दिएर असल काम गरेको बताए। उनले अव स्वयंसेवीकाहरुको काम अझ प्रभावकारी र छिटो हुने विश्वास व्यक्त गरे। सह–संयोजक पंजियारले भने, ‘अहिलेसमम यहाँका स्वयंसेविकाहरुको कार्य उत्कृष्ट रहँदै आएको छ। अवका दिनमा झनै चुस्तदुरुस्त र सहज हुने विश्वास लिएको छु।’

    स्वयंसेविकाहरुको तर्फबाट श्रवण कुमारी लामाले वडा अध्यक्षले साइल दिएर स्वयंसेवीकाहरुको सम्मान गरेको बताए। उनले आउँदा दिनहरुमा हाम्रो कामलाई सहज तुल्याउने उपकरणहरु प्रदान गरे विश्वास व्यक्त गरे।
    साइकल हस्तान्तरण कार्यक्रममा वडाका जनप्रतिनिधी, कर्मचारी तथा स्थानीय भरभलाद्मीहरुको उपस्थिति रहेको थियो।

    1c2d9ead-da49-4951-9cea-c14f543968fc

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल