जनप्रतिनिधी र सरकोकारवालाद्वारा दादुरा–रुबेला खोप अभियानको अनुगमन

    • फाल्गुन २२, २०८०
    • ३३५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २२ फागुन। नरहा गाउँपालिकाका जनप्रतिनिधी तथा जिल्लाका सरकोकारवाला निकायले दादुरा–रुबेला खोप अभियानको अनुगमन गरेका छन्। अभियानलाई परीणाममुखि बनाउन पालिका प्रमुखसहित जिल्लाका सरोकारबाला निकायले आज नगरहा गाउँ पालिका ४ स्थित जनता वनवाली माध्यमिक विद्यालयको खोपकेन्द्र अनुगमन गरेका हुन्।

    naraha 2

    जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश महतो, गाउँ पालिका अध्यक्ष राम प्रमोद यादव, जिल्ला प्रमुख अधिकारी बासुदेव दहाल, प्रहरी प्रमुख एसपी सन्तोष आचार्य लगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुले खोप अभियान अनुगमन गरेको गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिए।

    खोप अभियानलाई चुस्त दुरुस्त, विश्वसनिय र भरपर्दो वनाउन सरोकारबालाहरुले कार्यस्थलमै पुर्याएर अनुगन गरेको गाउँ पालिका अध्यक्ष राम प्रमोद यादवले जानकारी दिए। उनले भने, ‘राज्यले दादुरा–रुबेला रोग उन्मुलनको लागि देशव्यापी रुपमा चलाएको अभियानलाई सफल बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्दैनौं। सोमबारबाट सुरु भएको खोप अभियानलाई प्रभावकारी कार्यान्वयको लागि अनुगन र निरीक्षणको काम भईरहेको छ।’

    फागुन २१ गते सोमबारबाट सञ्चालित खोप अभियानमा यस पालिका ६ हजार २७ जना ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखाका नन्द किशोर यादवले जानकारी दिए। पालिकाका २४ खोप केन्द्र मार्फत २४ जना खोप कार्यकर्ता र ७२ जना स्वयम् सेवक परीचालन गरीएको यादवले बताए।

    खोप लाउन नहने अवस्था

    पहिला दादुरा–रुपेला खोप लगाउँदा गम्भिर प्रकारको प्रतिकुल असर देखिएका, प्रतिरोधात्मक शक्ति कम गराउने रोग, उपचार वा औसधि प्रयोग गरिरहेका, एड्सका जटिल लक्षणहरु देखिएका, उच्च ज्वरो आएको वा सिकिस्त विरामी भएका, उपचार शुरु नगरेका क्षयरोगी र गर्भवत्ती महिलाले खोप लाउन नहुने स्वास्थ्य शाखाले जानकारी दिए। तर, उपचार र वा चिकित्सको सल्हअनुसार पछि पनि उनीहरुले खोप लाउन सक्ने बताइएको छ।

     

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल