सिरहा, २० फागुन। गोलबजार नगरपालिका वडा नम्वर १० को आयोजनामा एक दिवशिय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गोलबजारस्थित लाईफ लङ्ग हेल्थ केयर र म्याक्स डेन्टल हेल्थ केयरसँगको सहकार्यमा सम्पन्न शिविरमा पाँच सय ४४ जनाको उपचार भएको आयोजकले जनाएको छ।

शिविरमा जेनरलतर्फ तीनसय ९८, दाँतका ७१, कानका ८ र आखाँका ६७ जना विरामीको उपचार गरिएको लाईफ लङ्ग हेल्थ केयरका डाक्टर अजय जयसवालले जानकारी दिए। जसमध्येय दुईजनाको लाईकोमा र एक जनाको मिकोशिल माईर अप्रेशन भएको जानकारी दिए।

वडाको योजना अन्तर्गत गरिव विपन्नले गाउँमै सेवा पाउन भन्ने उदेश्यले शिविरको आयोजना गरिएको वडा अध्यक्ष उपेन्द्र मुखियाले जानकारी दिए। उनले भने, ‘वडाको आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको थियो, जसमा विरामीहरुलाई औषधीपनि निःशुल्क उपलब्ध गराइएको छ।’

शिविरमा लाईफ लङ्ग हेल्थ केयरका डाक्टर अजय जयसवाल, डाक्टर दिपक अधिकारी, आँखाका कमल चौधरी, म्याक्स डेन्टल हेल्थका डाक्टर इमरान खान, र चारजना स्वास्थ्यकर्मीसहित ८ जना उपचारमा सम्लग्न रहेको आयोजकले बताएको छ।

sibir shibir shibir2 8b730d1b-e302-4a64-b703-bd64b9987f60