सर्लाली, २० फागुन। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मधेश प्रदेशका स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले रेडियो धड्कन एफ एम गोडैताका अध्यक्ष शिव कुमार महतोलाई दिएको धम्किको कुरा सांसदमा उठाएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले पत्रकारलाई धम्की दिएको अडियो सामाजिक संजालमा राखिएको छ, तर अहिलेसम्म कुनै कार्वाही नगरिएको भन्दै प्रतिनिधीसभामा कुरा उठाएका हुन्।

उनले भनेका छन्, ‘के ठुलालाई कानून नलाग्ने ? मन्त्रीको पिएलाई कानून नलाग्ने हो? जसको पनि खुट्टा भाच्न पाउँने अधिकार कसले दिएको हो ? हाम्रो संबिधानको के मौलिक अधिकारमा त्यो उल्लेख भएको छ ? कि म न्त्री भएपछी मन्त्रीलाई कानून नलाग्ने ? उसको पिएलाई कानून नलाग्ने ? त्यसकारण म सरकारसंग माग गर्न चाहन्छु तत्काल त्यस्तो धम्कि दिनेलाई अभिलम्ब पक्राउ गरि कानून प्रक्रिया अनुसार कानूनी कार्वाहीको दायरामा ल्याउनु पर्छ यो कानूनि राज्यको मान्यता हो।’

बुधबार दिउँसो मधेश प्रदेशका स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले सर्लाहीको गोडैतामा रहेको रेडियो धड्कन एफ एमका अध्यक्ष शिव कुमार सिंहलाई फोन मार्फत अपशब्द प्रयोग गरि गालि गलोजसहित, अंगभंग, ज्यान मार्नेसम्मको धम्कि दिएका थिए। उनको धम्किप्रति खेद प्रकट गर्दै बिभिन्न संगठनहरुले कारवाहीको माग गरेका छन्। 

बिहिबार नेपाल पत्रकार महासंघ शाखा सर्लाही, प्रेस सेन्टर नेपालले बिज्ञप्ति जारि गर्दै धम्कि दिने मन्त्रीका पिएलाई कडा कारवाहीको माग गरेका छन्। साथै, शुक्रबार नेपाल पत्रकार महासंघ केन्द्रिय समिति र ब्रोडकास्टिंग एसोसियशन अफ नेपाल मधेशले पनि पत्रकारलाई धम्कि दिने मन्त्रीका पिएलाई तत्काल कारवाही गर्न माग गरेका छन्।