लागुऔध दुव्र्यसनले मधेश आक्रान्त बन्दै : पूर्व मन्त्री श्रेष्ठ

    • फाल्गुन २०, २०८०
    • ६८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २० फागुन। प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले लागुऔषध दुव्र्यशनका कारण मधेशका युवापुस्ताको अवस्था चिन्ताजनक रहेको बताएका छन्।

    सिरहाको गोलबजार ६ मा स्थापीत सिरहा पुनरस्थापना केन्द्रको उद्घाटन गर्दै पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठले खुल्ला सीमानाका कारण लागुऔषधमा सहज पहुँचले मधेशका ८ जिल्लाका युवाहरु कुलतमा फसेको प्रति चिन्ता व्यक्त गरेका हुन्।

    उनले खुल्ला सीमानाका कारण मधेशका जिल्लाहरु प्रयोगकर्ता र याहाँबाट अन्य ठाउँमा लागु औषध पुर्याने समेत गरेको उल्लेख गरे। उनले भने, ‘मधेशका जिल्लाहरुमा प्रयोगकर्ताको संख्या दिनानुदिन बढी रहेको छ। साथै यहाँबाट अन्य जिल्लामा पुग्नेगरेको सूचनाहरु आईरहेको हुन्छ।’

    सोही क्रममा उनले यस पुनरस्थापना केन्द्रले सामाजिक सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गरोस् भन्ने शुभकामना व्यक्त गरे। उनले भने, ‘यो व्यवसायसँगै सामाजिक कार्य पनि हो। यहाँका युवाहरुले नयाँ सोचकासाथ थाल्नुभएको यो कार्यको म सफलताको कामना गर्दछु।’

    केन्द्रका संस्थापक अध्यक्ष आनन्द रहपालको अध्यक्षामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मनोज सिंह, जिल्ला समन्वय समितिका उपाध्यक्ष दिलिप लामा, इलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्की, सशस्त्र प्रहरीका इन्सपेक्टर आसुतोस चौधरीलगायतका उपस्थिति रहेको थियो।

    siraha

    किशोरीमाथि जबरजस्ती ...

    उदयपुर, २ बैशाख। उदयपुर प्रहरीले १५ वर्षीया किशोरीलाई ज ...

    भारतीय दुतावासले दिए ...

    काठमाडौं, २ बैशाख। भारत सरकारले नेपालका विभिन्न जिल्लाल ...

    अलमलिएको राजनीति ...

      किशोर नेपाल   संसद्को अधिवेशन चलायमा ...

    मिथिला क्षेत्रमा आज ...

    मुकेश कुमार यादब सिरहा,२ बैशाख। विशेषगरी मिथिला क्षेत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल