जकपुरधाम, २० फागुन। विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो भने अन्य चारजना महिला घाइते छन् । घाइतेहरुको जनकपुरमा उपचार भइरहेको छ।

विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेका महिलाहरुलाई तीव्र गतिमा आएको बसले ठक्कर दिएर कुल्चिएको थियो। दुर्घटनापछि स्थानीयले टायर बालेर जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेर विरोधमा उत्रिएका हुन्।