प्रथम वडा अध्यक्ष कप फूटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्वर १२ विजयी

    • फाल्गुन १८, २०८०
    • १८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १८ फागुन। गोलबजार नगरपालिका वडा नम्वर २ ले आयोजना गरेको प्रथम वडा कप फूटवल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा वडा नम्वर १२ बेतौना विजयी भएका छन्। वडा नम्वर ७ र १२ विच भएको उद्घाटन खेलमा सून्यको विरुद्ध १ गोलले बेतौना विजयी भएको हुन्।

    खेलको केहीबेरमै गोलबजार १२ का लागि जर्सि नम्वर ८ खेलाडी जित मुखियाले गोल गरेका थिए। सोही गोल निर्णायक भएको आयोजकले जानकारी दिए।

    उद्घाटन कार्यक्रमलाई सम्वोधनगर्दै पुर्व मन्त्री तथा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले गोलबजार नगरपालिकालाई एउटा खेलको हव बनाउन आवस्यक बताए। गोलबजार नगरपालिका लाई खेलको हव वनाउन सम्पुर्ण राजनीतीकर्मिहरु एकजुट भएर लाग्नु पर्नेमा प्रतिनिधीसभा सदस्य श्रेष्ठले जोड दिए।

    उनले भने, ‘नगरपालिकाको एक्लो प्रयासबाट सम्भव छैन। सम्पूर्ण दल तथा व्यक्तिको प्रयास आवश्यक छ। सवैको प्रयासबाटमात्र यसले साकार रुप लिन सक्छ।’
    ‘आजकै प्रयासबाट भोलीको दिनमा गोलबजार नगरपालिकाका खेलाडीले देश बिदेशमा गएर खेल्ने अवसर पाउने छ। त्यसबेला कुनै एक ब्यक्तीको मात्र होइन सिङो गोलबजारको नाम रोशन हुने छ; श्रेष्ठले भने।

    वडा अध्यक्ष सुकदेव सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गरेका थिए। स्वागत मन्तव्यको क्रममा अधिकृत केसीले नगरपालिकाले खेलको विकासमा योजनाबद्ध रुपले काम गरिरहेको बताए। अवको दिनहरुमा खेललालाई अझै प्राथमिकताकासाथ आगडी बडाउन नगरले पहलकदमी लिने उनले बताए।

    उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्याक्ष दिलिप लामा, गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो।

    वडा कार्यालयको आयोजना र गोलबजार नरपालिका संरक्षक रहेको प्रतियोतिामा विजेताले ५१ हजार र उपविजेताले ३१ हजार नगदसहित कप प्राप्त गर्ने छ।
    त्यसैगरी, भोलि १९ गतेको खेल वडा नम्वर २ र ५ बीच हुने छ।
    ्रतियोगितामा प्रत्यक म्याचमा एक जना म्यान अफ द म्याच घोषणा गरिने आयोजकले जनाएको छ।
    त्यसैगरी, खेलअवधिभरका उत्कृष्ट खेलाडी, गोल किफर, मिड फिल्डर, डिफेन्स, फरवाड, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि विशेष सम्मान र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल