सर्लाहीमा १४ लाख बढी रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

    • फाल्गुन १८, २०८०
    • १८८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    सर्लाही, १८ फागुन। पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रुपैयाँसहित एकजना  पक्राउ परेका छन्।

    लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

    प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले बिहीबार दिउँसो चेकजाँचको क्रममा प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकल चढेका पाख्रिनले बोकेको झोलामा  १४ लाख १० हजार रुपैयाँ फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताएका छन्।

    बरामद रकमको पाख्रिनले  स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो। हाल उनी इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको तथा हुण्डी कारोबारमा संलग्न रहेको सर्लाही प्रहरीको अनुमान रहेको छ।

    माधव नेपाल भन्छन्बछन ...

    काठमाडौं, ३१ बैशाख। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माध ...

    स्वास्थ्यमन्त्रीमा न ...

    काठमाडौं, ३१ बैशाख। स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निय ...

    माफिया र बैंक कर्मचा ...

    सिरहा, ३१ बैशाख। एनआईसी एसीया बैंक, गोलबजार शाखाका तत्क ...

    एमाले नेतृत्वमा मधेश ...

    सिरहा, ३० बैशाख। मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल