टिपरको ठक्करबाट सुमोमा सवार ३ जनाको मृत्यु ,२ जना घाइते

    • फाल्गुन १८, २०८०
    • ३८९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    विराटनगर, १८ फागुन। मोरङको बेलबारीमा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटना दुईजना घाइते भएका छन्।
    बेलबारी नगरपालिका ३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान प्रदेश ०२–००१ ख ९६७६ नम्बरका टिपरले मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको हो।

    दुर्घटना परी सुमोमा सवार झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका ४ की ४४ वर्षीया दीपा खानाल र बिर्तामोड नगरपालिका २ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। सुमोमा ५ जना सबार थिए।

    दुर्घटना गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो।

    पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

    सुमोलाइ ठक्कर दिएपछि टिपरले प्रदेश ३ क ००१ ख २७१८ नम्बरको बसमासमेत ठक्कर दिएको थियो। घाइते दुई जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    एमाले नेतृत्वमा मधेश ...

    सिरहा, ३० बैशाख। मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा ...

    नर्सहरूको सुविधामा ...

      काठमाडौं, ३० बैशाख। प्रधानन्त्री पुष्पकमल द ...

    नरेन्द्र मोदीको बीजे ...

    तस्बिर स्रोत : GETTY IMAGES भारत-प्रशास ...

    दुई महिनाको दौडधुपपछ ...

      मणिलाल विश्वकर्मा लहान, २९ बैशाख। बुढ्यौल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल