प्राध्यापकहरुले नै माँगे गोलबजार क्याम्पस प्रमुख साहको राजिनामा

    • फाल्गुन १८, २०८०
    • ६८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १८ फागुन। गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसका प्राध्यापकहरुले क्याम्पस प्रमुख किशोर साहको राजिनामा माँग गरेका छन्।

    क्याम्पसजस्तो गरिमामय संस्थालाई व्यक्तिगत ढङ्गले एकलौटी प्रकारले चलाएर क्यापसको गरिमा धमिल्याँउने काम गरेको भन्दै राजिनामा माँग गरेको हो।

    प्रध्यापकहरुले क्याम्पस प्रमुखको कार्यावधि सकिएको एक वर्षभन्दा लामो समय भईसक्दा पनि अर्को कार्याकालको लािग पहलसम्म नगरेर क्याम्पसलाई अभिभावक विहिन बनाई रहेको आरोप लगाएको छ। जसका कारण हरेक क्रियाकलापहरु सुचारु रुपले सञ्चालन हुन नसक्दा क्याम्पसको गरिमा धमिलिदै गएको प्रध्यापकहरुको भनाई रहेको छ।

    उनीहरुले क्याम्पस विधि विधानअनुसार चल्नुपर्ने संस्था भएपनि प्रमुले आफ्नो अनुकुल चलाउँदा बेथितिहरु मैलाएको प्रध्यापकहरुको भनाई रहेको छ।

    प्रध्यापकहरुले सहायक क्याम्पस प्रमुखलाई दिएको जिम्मेवारीप्रति वेवास्ता गर्नु, क्याम्पसका सम्पूर्ण समस्याहरुलाई निरारकण गर्न नसकेकाले तत्काल पदबाट राजिनामा दिई क्याम्पसलाई सहज वातावरणमा पुर्याउन माँग गरेको छ।

    क्याम्पसको दुइ कार्यकाल गुजारी सक्नुभएपनि साहले आफ्नो संस्थाको विधानमिचेर तेस्रो कार्याकालको लागि पनि प्रयास गरिरहेको क्याम्पस सञ्चालक समितिका एक सदस्यले बताए। उनले भने, ‘उहाँको दुई कार्यकाल समाप्त भईसकेको छ, हामीले नयाँ ढङ्गले अगाडी बढ्ने प्रयास गर्दा पनि प्रमुख साहले विभिन्न बाहाना वनाएर टुङ्गोमा पुग्न दिईहेको छैन।

    ती सदस्यले क्याम्पस प्रमुखमाथि अनिमितताको आरोप समेत लगाए। उनलेभने, ‘उनहाँले कतिपय ठाउँमा आर्थिक अनियमितता पनि गरिरहेको भन्ने हामीले सूचना पाएका छौं, त्यसको विषयमा पनि छलफल चलिरहेको छ।’

    यता क्याम्पस प्रमुख साहले एकै ठाउँ कामगर्दा कतिपय असन्तुष्टिहरु हुनु स्वभाविक भएको भन्दै उहाँहरुको राजिनामा माँगको विषय बेतुकको रहेको छोटो प्रतिक्रिया दिए।
    क्याम्पसका संस्थापक अध्यक्ष रामप्रताम तामाङ्गको निधनपनि कार्यबाहक समितिकै रुपमा चलिरहेपनि क्याम्पस प्रमुले आफ्नो अनुकुलतामा समितिलाई पनि प्रयोगगर्ने गरेको समितिकै सदस्यहरु बताउँछन्।

     

    नर्सहरूको सुविधामा ...

      काठमाडौं, ३० बैशाख। प्रधानन्त्री पुष्पकमल द ...

    नरेन्द्र मोदीको बीजे ...

    तस्बिर स्रोत : GETTY IMAGES भारत-प्रशास ...

    दुई महिनाको दौडधुपपछ ...

      मणिलाल विश्वकर्मा लहान, २९ बैशाख। बुढ्यौल ...

    रातु नदी उत्त्खननविर ...

      बिशाल बस्नेत महोत्तरी, २९ बैसाख। रातु नदी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल