‘प्रथम वडा अध्यक्ष कप’ फूटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक

    • फाल्गुन १६, २०८०
    • ४७२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १६ फागुन। गोलबजार नगरपालिका २ नम्वरले आयोजना गर्न लागेको ‘प्रथम वडा अध्यक्ष कप’ फूटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। आफ्नै वडा कार्यालय गोलबजार २ गुरुधाममा वडा अध्यक्ष सुकदेव सिंहले बुधबार पत्रकार सम्मेलनगरी खेल तालिका सार्वजनिक गरेको हो।

    ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ यहि फागुन १८ देखि ३० गतेसम्म हुनलागेको प्रतियोगितामा पालिकाका १३ वटै वडाका टिमहरु व्सहभागी हुने पत्रकार सम्मेलनमा सिंहले बताए।

    उनले स्थानीय युवाहरुमा देखिएको खेलप्रतिको चाहानालाई आत्मसाथ गर्दै वडाले प्रतियोगिताको आयोजना गरेको अध्यक्ष सिंहले बताए। उनलेभने, ‘यहाँका युवाहरुमा खेलप्रतिको चाहाना देखिएपछि आफ्नो वडास्तीय बजेटबाट प्रतियोगिताको आयोजना हुँदैछ।’

    खेलको माध्यमबाट व्यक्तिगत र राष्ट्रको पनि पहिचान उच्च बनाउन सक्ने भएकाले र युवाहरुलाई कुलतबाट बचउन सकिने अध्यक्ष सिंहको कथन रहेको छ।

    प्रतियोगिताको पहिलो दिन १८ गते वडा नम्वर ७ र १२ विच उद्घाटन खेल हुने आयोजकले जनाएको छ। त्यसैगरी १९ गते वडा नम्वर २ र ५, २० गते वडा नम्वर ३ र १, २१ ग्ते ४ र ११, २२ गते ६ र ९, २३ गते १० र १३ र २४ गते ६ र ९ म्वर वडाविच भएको खेलबा विजयी टिमसँग वडानम्वर ८ विच खेल हुने छ।

    वडा कार्यालयको आयोजना र गोलबजार नरपालिका संरक्षक रहेको प्रतियोतिामा विजेताले ५१ हजार र उपविजेताले ३१ हजार नगदसहित कप प्राप्त गर्ने छ।

    प्रतियोगितामा प्रत्यक म्याचमा एक जना म्यान अफ द म्याच घोषणा गरिने आयोजकले जनाएको छ।

    त्यसैगरी, खेलअवधिभरका उत्कृष्ट खेलाडी, गोल किफर, मिड फिल्डर, डिफेन्स, फरवाड, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि विशेष सम्मान र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    tiesheet 2

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल