सञ्जय मिश्रा
रौतहट,१४ फागुन। रौतहटको गौर–चन्द्रनिगाहपुर सडक अन्तर्गत शुकदेव चौकमा रहेको एक निजी अस्पतालबाट तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन्।
यमुनामाई गाउपालिका १ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.मा कार्यरत नक्कली स्वास्थ्यकर्मी भारतको बिहार पुर्वी चम्पारण ढाका १४ खैरवाका ४५ वर्षिय हसिंन अख्तर, सिकारगंज ३ वटोआका २७ वर्षिय मोहमद तबरेज आलम र यमुनामाई गापा २ भेडियाहीटोलका २७ वर्षिय कलाम मन्सुरी पक्राउ परेका हुन्।
निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र ईलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेस लगाएतका अपरेसन हुदै आएको सुचनाको आधारमा ती नक्कली स्वास्थ्यकर्मीहरुलाई पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।
उनीहरुलाइ गत फागुण १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको एसपी श्रेष्ठले बताएका छन्।
उनीहरुसँग बिरामीहरुको उपचार गर्न पाउने ईजाजत पत्र माँग गर्दा निजहरुसंग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण प्रत्र नभएको कारण निजहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको एसपी श्रेष्ठले जानकारी दिएका छन।
अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास गर्ने कार्य भईरहेको उनले जानकारी दिएका छन्। पछिल्लो समय रौतहटमा बिना दर्ता ब्यापक रुपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ। नियमनकारी निकायले जिल्लामा संचालित त्यस्ता अस्पतालहरुको अनुगमन नगर्दा सैयौं नागरिकहरुले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन। रौतहट स्थित सञ्चालित निजि स्वास्थ्य संस्थाहरुको अबिलम्ब अनुगमन गर्न जिल्लाबासीले माग गरेका छन्।
न्यूज कारखाना।