गोलबजार, ११ फागुन। गोलबजार नगपालिका नगरप्रमुख श्याम कुमार श्रेष्ठले पालिकालाई दादुरा– रुवोला रोग निर्मुलपार्नेगरी खोप अभियानलाई चुस्च दुरुस्त बनाउन निर्देशन दिएका छन्।
नगर स्वास्थ्य शाखाले आयोजना गरेको दादुरा–रुवेला खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै रोग निर्मुलगर्नेगरी खोप अभियानलाई व्यवस्थित र भरपर्दो बनाउन निर्देशन दिएका हुन्।
यो पटकको अभियानले सेवाग्राहि सवैले खोप पाउने गरी अभियान चल्नेमा आफू विश्वस्त रहेको बताए। 
गोलबजार स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णले यहि फागुन १३ गतेबाट सुरु खोप अभियानलाई आफ्नो ठाउँबाट सवैलाई सहयोग गर्न आग्रह गरेका छन्। कर्णलेका अनुसार गोलबजार नगरपालिकाका १३ वटै वडाक्षेत्रका २६ हजार सात सय ३७ बालबालिकालाई यो खोपलगाउने लक्ष्य रहेको बताए। जसमध्येय ९ महिनादेखी ५ बर्ष मुनिका पाच हजार दुईसय ४४ र ५ देखि १५ वर्ष सम २१हजार चार सय ९३ जनालाई खोपलगाउने योजना रहेको कर्णले जानकारी दिए।
पालिकाको १३ वटै वडाहरुमा ७४ खोप केन्द्र रहने उनले सुनाए। उनले यो पटक सामुदायिक तथा संस्थागत विद्यालय र सर्वजनिक स्थानहरुमा खोपकेन्द्र सञ्चालन गरिने बताए।



                    
                            
                                                            


        
        
        















