बर्दिबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता हुँदै

    • फाल्गुन ८, २०८०
    • १८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास,७ फागुन। महोत्तरीको बर्दिबासमा ‘प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता २०८०’ हुने भएको छ। नेपाल कराते महासङ्घको आयोजनामा यही फागुन १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुन लागेको हो।

    फागुन १७ गतेदेखि २० गतेसम्म प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता को लागि तयारी तीव्ररूपमा भइरहेको नेपाल कराते महासंघ मधेस प्रदेशका सचिव कसम लामाले जानकारी दिए। मिथिला राष्ट्रिय कराते प्रतियोगितामा सातै प्रदेश, तीनवटा विभागीय टिम र एक आयोजक टिम गरी ११ वटा टिमको सहभागिता रहनेछ।
    ुृलामाले प्रतियोगितासँगै राष्ट्रिय रेफ्रिज सेमिनार र ग्रेडिङ समेत हुने बताए।

    प्रतियोगितामा महिलातर्फ ४५ केजीदेखि ६८ केजी प्लससम्मको खेल हुनेछ। पुरुषतर्फ ५० केजीदेखि ८४ क्लक केजी प्लस खेल हुनेछ। प्रतियोगितामा महिला र पुरुषको एकल काताका साथै टिम काँतासमेत हुने आयोजकले जानकारी दिएको छ।

    नेपाल कराते महासङ्घ मुख्य आयोजक रहेको सो प्रतियोगिताको सहआयोजक नेपाल कराते महासघ मधेस प्रदेश रहेको नेपाल कराते महासन मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरले बताए।

    मधेस प्रदेशमा एकैपटक राष्ट्रिय रेफ्री सेमिनार राष्ट्रिय कराते प्रतियोगिता र मधेस प्रदेश स्तरीय छुटपुट ग्रेडिङको आयोजना हुने भएपछि मधेस प्रदेशका खेलाडीहरूमा उत्साह छाएको आयोजकले जनाएको छ।

     

     

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल