बर्दिवासमा प्रदेशस्तरीय चौथो मेयर कप खुल्ला ब्याडमिन्टन

    • फाल्गुन ६, २०८०
    • २४५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बिशाल बस्नेत

    महोत्तरी, ६ फागुन। महोत्तरीको बर्दिवासमा प्रदेशस्तीय चौथो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।

    प्रजातन्त्र दिवसको अवसर पारेर ७ फागुनमा आयोजना हुन् लागेको उक्त प्रतियोगितामा प्रदेशभरिका ३२ वटा टिम सहभागी हुने आयोजक पक्षले जनाएको छ।

    बर्दिवास ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता एकै दिन सकिनेगरी ३ वटा कोर्टमा खेलाइने संघका माहासचिव चन्द्र बहादुर खड्काले जानकारी दिए।

    झण्डै ५ लाख ५० हजार लागत अनुमान गरिएको खेलमा टाढाबाट आउने खेलाडीहरुलाई आवास र खानाको व्यवस्था गरिएको छ भने प्रथम हुने टिमलाई ३१ हजार पुरुस्कारको राशि राखिएको छ।

    दोश्रो र तेश्रो हुनेहरुलाई क्रमशः १५ हजार र ५ हजार नगद पुरुस्कारको समेत व्यवस्था गरिएको संघका अध्यक्ष पोषण थावाले जानकारी दिए। अहिले बर्दिवास भइरहेको सडक खाना महोत्सवलाई मध्यनजर गर्दै थप प्रचारप्रसार गर्ने उदेश्यले पनि यही समयमा खेलको आयोजना गरिएको अध्यक्ष थापाले बताए।

    खेलको नै उदघाटनको अवसर पारेर नवनिर्मित ब्याडमिन्टन भवनको समेत उदघाटन गरिने र उक्त प्रतियोगिता सोही भवनमा संचालन गरिने आयोजक पक्षको तयारी छ।

     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल