क्रिकेट प्रतियोगीताको प्रथम पुरस्कार लगडी गदियानीलाई

    • फाल्गुन ४, २०८०
    • ५७३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     बद्री नारायण यादव

    सिरहा,४फागुन। सिरहा नगरस्तरीय टि-२० क्रिकेट प्रतियोगीता २०७० को फाइनल खेल जित्दै प्रथम पुरस्कार सिरहा नगरपालिका वडा नं.२० गलडि गदियानीले पाएका छन्। सिरहा नगरपालिका वडा नं.२२ हकपारालाई पराजित गर्दै वडा नं.२० लगडि गदियानीले नगद पुरस्कार ३० हजार सहित मेडल पाएको हो।

    वडा नं.२२ हकपाराले भने दोश्रो पुरस्कार २० हजार नगद सहित मेडल पाएको आयोजकले जनाए। टस जितेर ब्याटिङ्ग गरेका वडा नं.२२ हकपाराले १५.२ ओभरको समाप्तीमा अलआउट हुँदै ६२ रन बनाउदै दिएको लक्ष्य विरुद्ध वडा नं.२० लगडि गदियानीले ८.३ ओभरको समाप्तीमा ३ बिकेट गुमाउदै लक्ष्य पुरा गर्दै जित हासिल गरेको आयोजकले जनाए।

    हाइरेष्ट स्कोरको पुरस्कार लगडि गदियानीका उमेश कुमार यादव र म्यान अफ द म्याचको पुरस्कार राजेश सिंहलाई प्रदान गरिएको छ। उमेशले १५ बलमा २२ रन लिएका थिए भने सिंहले ४ ओभरमा २० रन दिएर ३ बिकेट पाएका थिए। यस्तै म्यान अफ द सिरिजको पुरस्कार सिरहा नगरपालिका वडा नं.४ रमौलका मो. कमरुद्धिनलाई प्रदान गरिएको छ।

    उनले रमौलको विभिन्न पटक भएको क्रिकेट खेलमा ६५ रन बनाउदै १० बिकेट पाएका थिए। बेष्ट बलरको पुरस्कार सिरहा नगरपालिका वडा नं.२२ हकपाराका सुनिल यादवलाई दिइएको छ। हकपारासँग भएको विभिन्न पटकको क्रिकेट खेलमा उनले ९ बिकेट पाएका थिए। बेष्ट ब्याट्स म्यानको पुरस्कार वडा नं.१४ का मो इम्तियाजलाई प्रदान गरिएको छ।

    उनले संचालित क्रिकेट प्रतियोगीता अवधिमा ९२ रन बनाउन सफल भएको थियो। यसैगरी बेष्ट प्लेयर मो.अरमान बनेका छन्। ०८० माघ १९ अर्थात सहिद हेमनारायण यादवको स्मृति दिवसकै दिन ‘युवाको सम्मान, नगरको पहिचान, क्रिकेट खेल हाम्रो अभियान’ मुल नाराको साथ सिरहा नगरस्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको थियो।

    सो प्रतियोगीतामा सिरहा नगरपालिकाका २२ वटै वडाका क्रिकेट खेलाडिहरुले सहभागीता जनाएका थिए। प्रतियोगीता सम्पन्न गर्न अनुमानित साढे ६ लाख भएको बताइएको छ। शिक्षा स्वास्थ्यसँग विभिन्न प्रकारका खेललाई नगरका युवाहरुको व्यवहारमा ल्याउनका लागि प्रतियोगीताहरुको आयोजना गरिदै आएको सिरहा नगरपालिकाका नगरप्रमुख डा. नविन कुमार यादवले बताए। उनका अनुसार आउने केही दिनभित्र अन्तराष्ट्रिय स्तरको सहिद हेमनारायण फुटबल गोल्ड कप, कुस्ती तथा अन्य प्रतियोगीताहरु संचालन गरिने छ।

    आउदो बैशाख ०८१ मा सुरु हुने कुस्ती प्रतियोगीतामा २२ वटै वडाका इच्छुक कुस्तीबाजहरुले भाग लिने उनले प्रष्ट पार्दै भने,‘नगरक्षेत्रभित्रका कुस्तीबाजहरुले प्रतियोगीताको तयारीमा जुटे हुन्छ।’ क्रिकेट प्रतियोगीताको पुरस्कार वितरण समारोहमा सिरहा नगपालिकाको नगर उपप्रमुख बविता कुमारी साह, वडा नं.२० र २२ का वडाध्यक्षद्वय रामचन्द्र यादव र जीवछ नारायण यादव लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

    जिल्ला क्रिकेट संघ सिरहाको समन्वयमा सिरहा नगरपालिकाले प्रतियोगीताको आयोजना गरेको थियो।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल