सिरहा, २ फागुन। दोस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८० को उपाधी वीरगञ्ज युनाईटेड टिम पर्साले हात पारेको छ।
लहानस्थित पशुपति माविको प्राङ्गणमा सम्पन्न गोल्डपक फुटबल प्रतियोगितामा सलहेश युवा क्लवलाई १ गोल विरुद्ध ३ गोलले पछि पार्दै विरगञ्ज युनाईटेड टिम पर्सा विजयीभएका हुन्।
खेल अवधिभरमा कुनै पनि टिम गोल गर्न सफल नभएपछि ट्राइब्रेकरमा विरगञ्ज युनाईटेड पर्सा टिमले ३ गोल र सिरहाका सलहेश युवा क्ववल १ गोल गरेको आयोजकले जनाएको छ।
प्रथम विजेता विरगंज युनाईटेड टिमले तीन लाख नगदसहित शिल्ड, प्रमाणपत्र, मेडल प्राप्त गरे भने दोस्रो हुने सलहेश युवा क्लवलाई एक लाख पचास हजार नगदसहित शिल्ड, प्रमाणपत्र, मेडल प्राप्त गरेका छन्।
लहान नगरपालिका प्रायोजक र कस्तुरी युवाक्लव सह आयोजक रहेको उक्त खेल माघ २० गते शुरु भएको थियो। खेलमा देश भरिका नौ टिमको सहभागिता रहेको थियो।