मेसी नखेलेपछि फ्यानले मागे टिकटको पैसा फिर्ता

    • माघ २२, २०८०
    • १८९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौँ, २२ माघ। अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आइतवार इन्टर मियामीका लागि भएको मैत्रीपूर्ण खेलमा मैदान नउत्रिएपछि हङकङका हजारौं फुटबल फ्यानहरू निराश बनेका छन्।

    इन्टर मियामी र हङकङ एघारबीचको मैत्रीपूर्ण खेलका लागि ४० हजार टिकट बिक्री गरिएको थियो। गत डिसेम्बरमा नै ११३ देखि ६२४ डलरसम्मका टिकट बिक्री गरिएको थियो।

    सो खेलमा इन्टर मियामीले हङकङ-११ लाई ४-१ ले पराजित गरेको थियो।

    तर यस खेलमा मेसी नखेलेपछि मैदानमा उपस्थित फ्यानहरुले विरोध गर्दै आफ्नो टिकटको पैसा फिर्ता मागेका थिए। फ्यानहरुको विरोध र असन्तुष्टिपछि आयोजकले फ्यानहरुलाई स्पष्टिकरण दिनुपर्ने माग भइरहेको छ। यस खेलमा अर्का खेलाडी लुइस स्वरेज समेत खेलेका थिएनन् । जोर्डी अल्बा र सर्जियो बुस्केट्स दोस्रो हाफदेखि मात्र खेलेका थिए।

    आयोजकले भने मेसी र स्वरेज नखेलेको बारे आफुलाई पुर्ब जानकारी नभएको बताएको छ। यसले आयोजक र फ्यानहरु दुवैलाई निराश बनाएको जनाएको छ। यता इन्टर मियामीका प्रशिक्षक जेरार्ड़ो मार्टिनोले भने अन्तिम समयमा मेडिकल स्टाफको सुझावमा मेसी र स्वरेजलाई नखेलाएको बताएका छन्।

    मेसी यसअघि अल नासरविरूद्धको खेलमा पनि अन्तिम समयमा मैदानमा आएका थिए। सो खेलमा इन्टर मियामी ६-० ले पराजित भएको थियो।

    न्यूज कारखाना।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल