चिलीकाे जंगलमा भिषण आगलागी, हालसम्म ५१ को मृत्यु

    • माघ २१, २०८०
    • १६५ पटक पढिएको
    • गमक पाेस्ट

    चिली, २१ माघ। मध्य चिलीको जंगलमा लागेको आगोले कम्तिमा ५१ जनाको ज्यान लिइसकेको छ।

    सो घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ।

    चिलिका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी क्षेत्रतर्फ जान सक्ने आगो निभाउन संघर्ष गरिरहेको छ।

    ‘मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुवाँ आकाशमा उडिरहेको छ जबकि अग्नि नियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन संघर्ष गरिरहेका छन,’ स्थानिय स्मिथले भने।

    तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको चिलीका अधिकारीहरूले जनाएका छन।

    भाल्पराइसोको अवस्था सबैभन्दा नाजुक छ किनभने २०१० को भूकम्पपछिको सबैभन्दा खराब विपत्तिको सामना गरिरहेको छ, जुन भुकम्पमा करिब ५०० जनाको मृत्यु भएको थियो।

    न्यूज कारखाना।
     

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल