सार्लाहीबाट एक लाख ७२ हजार नक्कली नोट दुई युवक पक्राउ

    • माघ १९, २०८०
    • २०१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, १९ माघ। सर्लाही प्रहरीले हरिवनबाट नक्कली नोटका २५ बिटासहित दुई युवालाई पक्राउ गरेको छ।

    बलरा नगरपालिका ७ का २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका २ का ३६ वर्षीय सन्जय सहनीलाई इलाका प्रहरी कार्यालय हरिवनले २५ बिटाबाट एक लाख ७२ हजार रुपैयाँ नक्कली नोट र नोट साइजमा काटिएका खाली कागजका बन्डल बरामद गरेको हो।

    प्रदेश २ ०२७ प ४२५६ नम्बरको मोटरसाइकल र बीआर ३० एसी८३१८ नम्बरको भारतीय मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा पूर्व–पश्चिम राजमार्गमा पर्ने हरिवन ११ कडरिया चोकबाट बिहीबार दिउँसो उनीहरु पक्राउ गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।

    ‘उनीहरुको साथबाट एक हजार दरका १ सय ७२ थान नक्कली नोटसहित २१ बन्डल नोट साइजमा कटिङ गरिएको सादा कागज पनि बरामद भएको छ,’ इप्रका हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले नेपालखबरसँग भने, ‘उनीहरुको साथबाट केही मात्रामा गाँजा पनि बरामद गरेका छौँ।’

    उनीहरु नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको अनुमान प्रहरीले गरेको छ।

    ‘उनीहरु सम्भवत आफूसँग भएको नक्कली नोट लालबन्दीतिर व्यवस्थापन गर्ने उद्देश्यले पूर्वतिर जाँदै थिए,’ इन्सपेक्टर गिरीले भने, ‘उनीहरुमाथि हामी थप अनुसन्धान गरिरहेका छौँ।’

    उनीहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइने गिरीले जानकारी दिए।

    उनीहरुले हजार दरका नक्कली नोटलाई तलमाथि राखेर बीचमा हजार नोटको आकारमै कटिङ गरिएका कागजको बण्डल तयार पारेका थिए। जुन हेर्दा दुरुस्त हजार दरका नोटको बन्डल जस्तो देखिन्थ्यो। त्यस्ता बण्डल २१ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

    त्यसैगरी चार बन्डललमा भने बाहिर हजार दरका नक्कली नोट र त्यसको भित्रपट्टी टेस्टी विस्कुटका २० पुरिया राखेर र्यापिङ गरेको अवस्थामा फेला परेको गिरीले जानकारी दिए।

    त्यसैगरी सहनीको साथबाट नक्कली जस्ता देखिने विभिन्न दरका ३५० रुपैयाँ, सिमकार्ड सहितको मोवाइल र महराको साथबाट विभिन्न दरका सक्कली जस्ता देखिने ४१० रुपैयाँ र कि प्याड मोवाइल पनि प्रहरीले बरामद गरेको छ। उनीहरुको साथबाट प्रहरीले ८ ग्राम ८१० मिलिग्राम गाँजा पनि बरामद गरेको छ।

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल