मेयर कप फुटबलको पहिलो क्वाटर फाइनलमा बरख गण बिजयी

    • माघ १७, २०८०
    • १४८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज, १७ माघ। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा जारी पाँचौ मेयरकप २०८० फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न पहिलो क्वाटर फाइनलमा बरख गण राजविराज विजयी भएको छ।

    प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा टाईब्रेकरमा बेङ्खाडी युवा क्लब बर्दिवास महोत्तरीलाई तीनका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै बरख गण विजयी भएको हो।

    अत्यन्तै प्रतिष्पर्धात्मक खेलका निर्धारित समयभित्र कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो ।
    प्रतियोगिता अन्तर्गत आज बुधवारको खेलमा नबो बुद्ध फुटबल क्लब मझौ सप्तरी र स्पोर्टस एकेडेमी बिराटनगरबीच हुनेछ संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका गरी बिभिन्न १० क्लबको सहभागिता रहेको छ। माघ २१ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद ५५ हजार तथा ट्रफि र उपविजेताले नगद ४५ हजार प्राप्त गर्नेछ।

    संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल