सुनसरी, १६ माघ। आफ्नै बुवा हत्याा गरेको अभियोगमा सुनसरीमा एक युवक पक्राउ परेको छ। आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या अभियोगमा ईनरुवा नगरपालिका ८ गणेशपुर रिसिदेव टोलका २१ वर्षीय चिबु रिसिदेवलाई प्रहरीले सोमबार वेलुका नियन्त्रणमा लिएको हो।
घरायसी लेनदेनको विषयमा चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचार भईरहेको थियो। उनको उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मृत्युको खवरपाउनासाथ प्रहरीले चिबुलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।