पहिलो पटक मानव मष्तिष्कमा चिप प्रत्यारोपण

    • माघ १६, २०८०
    • १८३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    न्युयोर्क, १६ माघ। दुनियाँमै पहिलो पटक मानव मष्तिष्कमा चीप हालिएको छ। एलन मस्कको न्यूरालिंकले पहिलो पटक मानव मस्तिष्कमा ‘ब्रेन चिप’ प्रत्यारोपण गरेको हो।

    स‌सारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर नयाँ तहल्का मच्चाएको हो। जसका कारण टेस्ला र टविटरकाा मालिक एलन मस्क आफ्नो नयाँ कम्पनी न्यूरालिङ्कको साथ एकपटक फेरि चर्चामा आएका छन्।

    उनको स्टार्टअप ‘न्यूरोलिङ्क’ ले पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको हो। एलोन मस्कले मंगलबार यो जानकारी दिएका हुन्। उनले भनेका छन ‘न्यूरालिंक स्टार्टअपले आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको छ। पहिलो पटक मानवमा न्यूरालिंकबाट गरिएको चिप प्रत्यारोपणले सफलता प्राप्त गरेको छ । मस्कले ट्विटर गर्दै अगाडी लेखेका छन, ‘प्रारम्भिक परिणामहरू आशाजनक छन्।’

    सन् २०१६ मा मस्कले सह स्थापना गरेको न्यूरो टेक्नोलोजी कम्पनीले मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्ने लक्ष्य राख्ने घोषणा गरेका थिए। न्यूरालिंकको टेक्नोलोजीले मुख्य रूपमा ‘लिंक’ नामक इम्प्लान्टमार्फत काम गर्नेछ। पाँच सिक्काको साइजको यन्त्र जसले शल्यक्रियामार्फत मानव मस्तिष्कमा राखिने छ र त्यसले काम गर्न सुरु गर्नेछ।

    कम्पनीले गत वर्ष जारी गरेको विज्ञप्तिमा मानिसमा मस्तिष्क प्रत्यारोपण परीक्षण गर्न अमेरिकी नियामकहरूबाट स्वीकृति प्राप्त गरेको जानकारी दिइएको थियो। यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई मानवमा क्लिनिकल परीक्षणको लागि हरियो संकेत दिएको छ।
    न्यूज कारखाना।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल