सिरहा, १५ माघ। कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख बीरेन्द्र यादवले विकासको काममा स्थानीय जनप्रतिनिधीले नै अवरोध खडागरेको आरोप लगाएको छ। पू

र्वी नहर प्रणलि अन्तर्गत विष्णुपुर गाउँ पालिका १ बजारक्षेत्रमा भईरहेको ग्राभेल कार्यमा गापा अध्यक्ष र वडा अध्यक्षले अनावश्यक बखेडा झिकेर काममा भाजोहाल्ने काम गरेको प्रमुख यादवले बताए।

उनले नहर किनार अन्तर्गत भोलाबाबा स्थान र बजरङ्गबलि मन्दिरसम्मको एक किलो चारसय ५० मिटर बाटो ग्राभेलीङ्ग कार्य ठेक्केदारमार्फत डिजाइन स्टिमेट अनुसार नै भईरहेकोले काम अवरुद्ध नगर्न अनुरोध गरे। प्रमुख यादवले भने, ‘अहिले काम भईरहेको छ। हामीले कामको नाप जाँच पनि गरिरहेका छौ। काम सकिएपछि डिजाईन, स्टिमेट अनुसार काम भएको हेरेर सल्लाह दिंदा राम्रो हुन्छ।’

प्रमुख यादवले काममा रहेको कर्मचारी माथि विनाकारण अभद्र व्यवहार गर्ने र काममा भाजोहाल्ने काम नगर्न पनि जनप्रतिनिधीहरुसँग आग्रह गरे। प्रमुख यादवले आफ्ना साइड शवइन्जिनियर विद्यानन्द साहमाथि दुव्यवहार भएको बताए।

कार्यालयलयको मु. अ. करबाहेक कुल १२ लाख ३१ हजार चाँच ४० रुपैयाँको लागतमा एक हजार चारसय ५० मिटर लम्बाई, चार मिटर चौडाइ र १५ सेन्टिमिटर मोटो ग्राभेल विछ्याउने कार्य भईरहेको छ। कार्यालयले डिजाइन स्टिमेट अनुसार गुणस्तरीय काम भईरहेको बताएको छ। प्रयोग भएको ग्राभेल ल्यावटेष्टबाट पास भएको कार्यालको दावी रहेको छ।

बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादव र वडा नम्वर एकका अध्यक्ष भोगेन्द्र यादव निर्माणस्थलमै पुगेर अवरुद्ध सृजना गरेको स्थानीयले बताएको छ।

यस विषयमा बुझ्न पालिका अध्यक्ष यादवलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन।

वडा नम्वर १ का अध्यक्ष यादवलेभने कर्मचारीसँग सामान्य विवाद भएपनि आफूले आयोजना अवरुद्ध नगरेको बताए। उनले आफूले पटक पटक योजनाको डिजाई, स्टिमेट माँग्दा नदिएपछि केही भनाभन भएको र सोही क्रममा आवेगमा औंला नउठाउँ भन्दै रोकेको बताए।

वडा अध्यक्ष यादवले भने, ‘जसले काम गरेको भएपनि हामीले नै उपभोग गर्ने हो। काम राम्रो होस्भनेर परियोजनाको जानकारी माँग्दा कर्मचारीले आफूसँग अप्रिय शब्द बोलेपछि सामान्य विवाद भएको हो। काम अवरुद्ध गर्ने, दुःखदिने कुनै मनसाय होइन, छैन।’

साइड शवइन्जिनियर साहले आफूमिथि दुव्यवहार भएको जानकारी दिए। उनले भने, ‘गापा अध्यक्ष र वडा अध्यक्ष सहित वहाँहरु धेरैजना हुनुहुन्थ्यो, मैले सवैको प्रश्नको जवाफ दिने प्रयास गरिरहेको थिएँ। त्यसबेला म माथि गाली लगौज र दुरव्यहार भए।’

स्थानीय ६१ वर्षिय दुखिया यादवले गाउँ पालिकालाई खाल्डो पूर्न पटक–पटक अनुरोध गर्दा कमला सिंचाई व्यवस्थापन कार्यालयको कामहो भन्दै पन्छिने अहिले आएर विनाकारण बखेडा गरिरहेको बताए। उनले आफूपनी नगर्ने अरुलाई पनि गर्न नदिने जनप्रतिनीधिको परिपाटी ठिक नभएको बताए।

त्यसैगरी अर्का स्थानीय इन्द्रदेव यादवले ग्राभेलको कामभईरहेको बेला विनाकारण गापा अध्यक्ष र वडा अध्यक्षले काम अवरुद्ध गरेको बताए।

सधै उपभोक्ता समितिमार्फत काम गर्न पल्केकाहरु अहिले कार्यालयले ठेकेदारमार्फत काम गराउन थालेपछि अवरोध सृजना गर्ने गरेको एक कर्मचारीले बताए। उनले भने, ‘पहिला यस्ता कामहरु उपभोक्ता समिति मार्फत भईहेको थियो, त्यसमा तरमार्न पल्केकाहरुलाई अहिले अफिसले ठेक्कामा काम गराउन थालेपछि औडाहा भएको छ। त्यसैले यहाँमात्र हैन अरुतिरपनि काममा बाधाअवरोध हुने गरेको छ।’

bbb2