आहा रारा गोल्ड कप : साविक विजेता सङ्कटालाई हराउँदै आर्मी सेमिफाइनलमा

    • माघ १४, २०८०
    • २३८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    पोखरा, १४ माघ। आहा रारा गोल्ड कप साविक विजेता सङ्कटामाथि सहज जित निकाल्दै त्रिभुवन आर्मी क्लब गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ। पोखरा रंगशालामा भईरहेको २३ औँ आहा रारा गोल्डकप अन्तर्गत आइतबार भएको खेलमा आर्मीले सङ्कटालाई ३–० गोल अन्तरले आर्मी सेमिफाइनल प्रवेश गरेको हो।

    पहिलो हाफको अतिरिक्त समयमा कप्तान भरत खवासको पासमा जिलेस्पीजंग कार्कीले गोल गरेका थिए। आर्मीले दोस्रो गोल भने पेनाल्टीमा ग¥यो। ४९ औँ मिनेटमा पाएको पेनाल्टीलाई दिनेश हेमजनले गोल गर्दै अग्रता दोब्बर पारे।

    यसअघि हेमजनले गरेको प्रहार संकटाका कुलदीप कार्कीले बचाउ गर्ने क्रममा हातमा लागेपछि आर्मीले पेनाल्टी पाएको थियो। आर्मीले तेस्रो गोल ७६ औँ मिनेटमा गरेको थियो। हेमजनले जिलेस्पीजंग कार्कीको पासमा व्यक्तिगत दोस्रो गोल गरेको हो।

    आर्मी र सङ्कटाबिचको प्रतिस्पर्धापूर्ण खेल हेर्न अघिल्लो दिनको तुलनामा उल्लेख्य दर्शक पोखरा रंगशाला पुगेका थिए। खेलमा गोल गर्ने केही पाएपनि दुई पटकको आहा रारा विजेता सङ्कटा यसपालि पहिलो खेलमै पराजित भई घर फर्र्किएको छ।

    आहा रारामा अहिलेसम्म चार पटक फाइनल खेलिसकेको आर्मीले अहिलेसम्म उपाधि जित्न सकेको छैन। भरत खवासको कप्तानीमा रहेको आर्मी प्रिक्वाटरमा नवलपरासीको राइजिङ स्टार क्लबलाई १–० ले पराजित गर्दै क्वाटर फाइनल पुगेको थियो।

    सङ्कटाले प्रतियोगिताको पहिलो चरणमा बाई पाउँदै सिधै क्वाटर फाइनल खेलेको हो। नेपालको राष्ट्रिय टिम फुटबल टिमबाट खेलिसकेका आर्मीका कप्तान भरत खवाससहित अहिले राष्ट्रिय टिममा रहेका जिलेस्पीजंग कार्की र दिनेश हेन्जन लगायतका खेलाडी रहेको आर्मी अब उपाधि इतिहास रच्ने दाउमा छ।

    प्रतियोगितामा आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाईजबिचको विजेतासँग माघ १८ गते खेल्नेछ। शनिबार भएको पहिलो क्वाटर फाइनलबाट थ्रिस्टार क्लब पाहुना टोली पारो एफसीलाई हराउँदै सेमीफाइनलमा पुगिसकेको छ। सोमबार जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लब आमने सामने हुँदैछन्। यो खेलको विजेतासँग थ्रिस्टारले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल