प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा आयोजक टिम प्रथम

    • माघ १३, २०८०
    • २६६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १३ माघ। सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मल लामा कवर्ड हलमा संचालित प्रथम धनगढीमाई मधेश प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सात स्वर्ण पदक सहित आयोजक टिम प्रथम भएका छन्। त्यसैगरी चार स्वर्ण पदक सहित धनुषा जिल्ला तेक्वाण्डो टिम दोस्रो र दुई स्वर्ण पदक सहित सर्लाही जिल्ला तेक्वान्दो टिम तेस्रो भएका छन्।

    प्रतियोगितामा प्रथम भएका आयोजक टिम नगर स्तरीय तेक्वान्दो विकास समिति धनगढी सिरहाका सात स्वर्ण पदक विजेताहरु महिला तर्फ ३८ केजी तौल समूहका सन्तोषी कुमारी महतो र पुम्से तर्फ सोहाना सिंह दनुवार रहेका छन् भने पुरुषतर्फ ५० केजी समूहका सुदिप मगर, ५४ केजीका अनिष कुमार यादव, ४२ केजीका फुल बाबु चौधरी, ५८ केजीका निर्देश धिताल, ७१ केजीका रचित लामा रहेका छन्।

    त्यसैगरी चार स्वर्ण पदक सहित प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका धनुषा जिल्ला तेक्वान्दो टिमका चार स्वर्ण विजेता पुरुषतर्फ ३४ केजीका सिद्धार्थ मुखिया, ३१ केजीका आशिष कुमार साह, ६३ केजीका सक्ष्म साफी र पुरुष पुम्से तर्फ आदित्य कर्ण रहेका छन्।

    त्यस्तै दुई स्वर्ण सहित प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका सर्लाही जिल्ला तेक्वान्दो टिमका स्वर्ण विजेता महिला तर्फ ४२ केजीका रन्जु दास, २४ केजीका अंकित साह रहेका छन् भने उत्कृष्ठ खेलाडीमा आयोजक टिमका सन्तोषी कुमारी महतो र धनुषा जिल्लाका सक्षम साफीलाई प्रदान गरिएको आयोजक टिमका रमेश कुमार श्रेष्ठले जानकारी दिए।

    विजेताहरुलाई धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतो र राष्ट्रिय खेलकुद परिषदका उप निर्देशक टार्जन सुब्बा लगायतलेले पुरस्कार प्रदान गरेका थिए।

    धनगढीमाई नगरपालिकाको प्रायोजनमा नगर स्तरीय तेक्वान्दो विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा मधेश प्रदेशका आठ वटै जिल्ला र एउटा आयोजक टीम गरी ९ वटा टीमले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा पुरुषतर्फ २४ केजी देखि ६३ किलो तौलसम्म र महिला तर्फ ३० देखि ५४ केजी तौलसमूले भाग लिएका थिए।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल