मेयर कपमा मलिथम उदयपुरको विजयी सुरुवात

    • माघ १२, २०८०
    • २२२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज, १२ माघ। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आज देखि पाँचा मेयरकप २०८० फुटबल प्रतियोगिता सुरु भएको छ।

    प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा मलिथम फुटबल टिम उदयपुर विजयी भएको छ। शम्भुनाथ फुटबल क्लब शम्भुनाथलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल टिम विजयी भएको हो।

    322668942_848282219771581_7434007388352093959_n

    दोश्रो हाफको १५ औं मिनेटमा शम्भुनाथ क्लबले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर दोश्रो हाफको २६ औं मिनेटमा मलिथमले गोल गरी खेललाई बराबरीको अवस्थामा पु¥एको थियो। खेल सकिन केही मिनेट मात्र बाँकी रहदाँ मलिथमले दोश्रो गोल गरी खेल आफ्नो पक्षमा पारेको थियो।


    प्रतियोगिता अन्तर्गत भोली शनिवारको खेल सप्तरीको अग्निसाईर कृष्णासबरण गाउँपालिका र गोलबजार स्पोर्टस क्लब गोलबजार सिरहाबीच बीच हुने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका गरी बिभिन्न १० क्लबको सहभागिता रहेको छ। माघ २१ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद ५५ हजार रुपैयाँ तथा ट्रफि र उपविजेताले नगद ४५ हजार प्राप्त गर्नेछ।

    प्रतियोगिताको एक कार्यक्रममा बिच शम्भुनाथ नगरपालिकाका कार्यबाहक नगरप्रमुख अनिता कुमारी चौधरीले उद्घाटन गरे। खेलकुद समितिका अध्यक्ष मो. जाहुर मियाँको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीयबासी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

    संयासी युवा क्लवले २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल