धनगढीमा मधेश प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुँदै

    • माघ १२, २०८०
    • ३१५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा,१२ माघ। सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मल लामा कभर्ड हलमा आजदेखि प्रथम धनगढीमाई मधेश प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ। आज एक कार्यक्रमका बीच उद्घाटन भएको खेललाई सम्बोधन गर्नुहुँदै नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले खेलको माध्यमबाट स्वास्थ्यको लाभसँगै राष्ट्रलाई पनि चिनाउने अवसर प्रदान गर्ने भएकाले यसलाई जगेर्ना गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिए।

    नगरपालिकाका नगर उप प्रमुख संगीता चौधरीले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित शुरु भएको खेल निष्पक्ष एवम् मर्यादित ढंगले संचालन गर्न आयोजकलाई आग्रह गरे।

    धनगढीमाई नगरपालिका प्रायोजनमा नगर स्तरीय तेक्वान्दो विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा मधेश प्रदेशका आठ वटै जिल्ला र एउटा आयोजक टीमसहित ९ वटा समूहले प्रतिस्पर्धा भाग लिएको आयोजकले जनाएको छ।

    प्रतियोगितामा पुरुषतर्फ २४ .देखि ६३ किलो तौलसम्म र महिला तर्फ ३० ५४ किलो तौल समूहले प्रतियोगितामा भाग लिने आयोजकले जानकारी दिए।

    सोही क्रममा यस भेगमा खेलको सुरुवात र जगेर्ना गर्ने ख्याति प्राप्त व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ। भोलिसम्म खेलाइने खेलका विजेताहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

    DHANGADHI1 DHANGADHI DHANGADHI2

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल