मालीको सुनखानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुग्योमालीको सुनखानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुग्यो

    • माघ १२, २०८०
    • १९३ पटक पढिएको
    • गमक पाेस्ट

    बामाको, १२ माघ। मालीमा सुनखानी भत्किदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ। 

    मालीका एक अधिकारीका अनुसार सुन खानी भत्किँदा भएको दुर्घटनामा परी अहिलेसम्म ७० भन्दा बढी कामदारकाे मृत्यु भएको पुष्टी गरिएकाे छ। उनका अनुसार मृतकको संख्या बढ्न सक्ने डरका बीच खोजी कार्य जारी राखिएको छ।

    माली सरकारको राष्ट्रिय भू-विज्ञान र खानी निर्देशनालयका एक वरिष्ठ अधिकारी करिम बर्थेका अनुसार सो खानीमा अझै खोजी कार्य जारी राखिएको छ र मृतकको संख्या बढन सक्ने भन्दै डरै डरमा खाेजी कार्य जारी राखिएकाे छ।

    ‘यो तुरुन्तै स्पष्ट हुन सकेको छैन कि सो खानी के कारणले भत्किएको थियो, त्यसको कारण पत्ता लगाउने कोशिश पनि गरिरहेका छौ’ उनले भने।  गत मंगलबार खानी मन्त्रालयको बयानमा नै भनिएको थियो कि धेरै सुनखानीका कामदारहरूको मृत्यु भएको अनुमान गर्न सकिन्छ।  दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा यो खानी भत्किएको हो। 

    अफ्रिकाको तेस्रो ठूलो सुन उत्पादन गर्ने देश मालीमा यस्ता दुर्घटनाहरू सामान्य मानिदै आएका छन्। खानीहरूमा काम गर्ने कामदारको सुरक्षा उपायहरूलाई बेवास्ता गरेको आरोप लगाईदै आएको छ । विशेष गरी दुर्गम क्षेत्रहरूमा भएका सुन खानीमा कामदारका लागि कुनै सुरक्षा ब्यवस्था गरिएको हुदैँन, जसका कारण अन्तराष्ट्रिय श्रमिक संगठनहरूले त्यसको आलोचना गर्दै आएका छन। 

    ‘राज्यले भविष्यमा यस प्रकारका दुर्घटनाहरूबाट बच्न यस कारीगरी खानी क्षेत्रमा सुरक्षा व्यवस्था ल्याउनै पर्छ,’ बर्थेले भने। खानी मन्त्रालयको विज्ञप्ति जारी गरी सो दुर्घटना प्रति गहिरो शोक ब्यक्त गरेको छ।  खानी कामदारहरू साथै खानी साइटहरू नजिक बसोबास गर्ने समुदायहरूलाई सुरक्षा आवश्यकताहरूको पालना गर्नसमेत मन्त्रालयले आग्रह गरेको भ्वो न्युजले जनाएको छ।

    न्यूज कारखारना।
     

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल