काठमाडौँ, १ माघ। त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई दियो ३२१ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा अलआउट हुदै ३२० रन बनाएको हो।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शानदार ब्याटिंग गर्दै ११३ रन बनाएका थिए। भण्डारीदले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ११३ रन बनाएर आउट भएका थिए।

त्यस्तै सन्तोष कार्कीले ४२ रन बनाएका थिए भने कुशल मल्ल र विवेक यादवले ३७-३७ रन बनाएका थिए। त्यस्तै इमरान सेखले २६, भिम सार्कीले १८ र बसिर अहमदले १६ रन बनाएका थिए।