रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर गरायो

    • पुष २६, २०८०
    • १८१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, २६ पुस। काठमाडोैंबाट प्रहरी नियन्त्रणमा परेको लिटिल बुद्धको नामले चिनिएका राम बहादुर बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेश गरेको छ। उनी विरुद्घ जिल्ला अदालतमा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शेषणको आरोपमा मुद्दा परेको थियो।

    काठमाडौंबाट स्थलमार्ग भएर सर्लाही ल्याइएका अभियुक्त बम्जनलाई प्रहरीले सरकारी वकिलको कार्यालय लगेको थियो । त्यहाँ आवश्यक प्रकृया पुरा गरि बम्जनलाई जिल्ला अदालतमा पेश गरेको हो।

    जिल्ला अदालतमा गोलाप्रथाबाट गरिएको मुद्दा छनौटमा उनको मुद्दा न्यायाधीश विष्णु प्रसाद रेग्मीको ईजलासमा परेको थियो। उनको बयानपछि सुनुवाईको काम भइरहेको छ। बम्जन विरुद्घ १२ देखि १४ वर्षसम्म सजायको मागदावी गरि सुनुवाई भइरहेको हो। उनलाई थुना, तारेख वा धरौटीमा राखेर मुद्दाको थुनछेक आदेश न्यायधिसले दिनेछन्।

    सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी रामबहादुर बम्जन विरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो । २०७३ साल साउन २० गते राती ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जवर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर धाक धम्की देखाईएको दायर गरिएको मुद्दामा उल्लेख छ । घटना घटेको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन्। उनी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो।

    प्रहरीले अदालतको अनुमती लिएर प्रतिवादी बम्जनलाई पक्राउ गर्न भनिएपनि उनी फरार रहेकाले पक्राउ पर्न सकेका थिएनन्।

    ‘बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सन्तुष्टि प्राप्त गर्ने बालबालिकालाई प्रयोग गर्ने गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर ग¥यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन वमोजिम जवर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ, त्यही बमोजिम मौलिक अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को ग बमोजिम १४ वर्ष भन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैदको मागदावी सहित मुद्दा परेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।
    न्यूज कारखाना।

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल