सिरहा, २६ पुस। तराइमा पछिल्लो एक सातादेखि चिसो बढेपछि जनजिवन कष्टकर बन्दै गइरहेको छ। कुहिरोसँगै लागातारको हावा र शितलहरले चिसो बढेपछि सिरहासहित तराइको जनजिवन कष्टकर बन्दै गएको हो।

चिसोका कारण जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयरु बन्द रहेका छन्। चिसोले गर्दा हाट बजार, सार्वजनिक स्थलहरुमा चहलपहल कम भएको छ।

चिसोका कारण बाल बालिका, बृद्धबृद्धा, दम, मुटुरोगि लगायत बढी प्रभावित हुने चिकित्सकहरु बताउँछन्। चिकित्सकहरुले यस्तो समयमा न्यानो कपडा लगाउने, अनावश्यक घरवाहिर नजाने र तातो र झोलिलो खानेकुरा खान सुझाएको छ।

चिसो बढेपछि सिरहाको गोलबजार नगरपालिका र इलाका प्रहरी कार्यालयले चोक तथा सार्वजनिक स्थाानहरुमा आगो ताप्नको लागि दाउरा वितरण गरेको छ।

अहिले तराईको अधिकांश भु–भागहरुमा हुस्सुतथा शितलहरको अवस्था रहेको मशौम विज्ञान विभागले जनाएको छ।